प्युठान,फाल्गुन २६
प्युठानको झिमरुक गाउँपालिकाले भुमी समस्या समाधान सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जिल्लामा अव्यवस्थित रुपमा वसोवास गर्दै आईरहेका भुमीहिन तथा सुकुम्वासीहरुको समस्या र समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो।
भुमी समस्या समाधान आयोग, जिल्ला समिति प्यूठानका अध्यक्ष श्री सुवास के.सी तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख श्री धरम बहादुर जि.सीज्यूको प्रमुख आतित्थता, तथा विशेष अतिथिको रुपमा झिमरुक गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलको आतित्थतामा सम्पन्न भुमी समस्या समाधान सम्वन्धी छलफल तथा अन्तर्कृया कार्यक्रम मार्फत भुमिहिनहरुलाई भुमि कसरी प्रदान गर्न सकिन्छ भन्ने बारे पनि गहिरो छलफल भएको पालिका स्रोतले बताएको छ।
कार्यक्रममा जिल्ला भुमी समस्या समाधान आयोगका अध्यक्ष, जिल्ला समन्वय प्रमुख, झिमरुक गाउँपालिकाका कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु ,कर्मचारीहरु लगायतले गाउँपालिका संगै जिल्लामा विधमान भुमी समस्याका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो।