आईतवार, माघ ६, २०८१ – कान्तिपुर सिटी कलेज, काठमाडौं
कान्तिपुर सिटी कलेजले “आर्टिफिसियल इन्टेलिजेन्स र इन्जिनियरिङ (ICAIE 2025): चुनौती र अवसरहरू” का बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्त्व, यसको इन्जिनियरिङ क्षेत्रमा प्रयोग, तथा दिगो विकासमा यसले पुर्याउने योगदानका विषयमा चर्चा गरिएको थियो ।
नेपाल सरकार ई-गभर्नेन्स आयोग, प्रमुख कार्यकारी अधिकृत / सदस्य सचिव, इ. दिपेश बिष्ट मुख्य अतिथि रहनु भएको उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा लभ्ली प्रोफेशनल युनिभर्सिटी बाट एसोसिएट डिन प्रा. डा. दीपक प्रसार, रहनु भएको थियो।
सम्मेलनको विशेष प्रस्तुतीकरणम़ा प्रा. डा. सुदन झाको : “डिजिटल पूर्वाधारको अभाव, दक्ष जनशक्तिको कमी र एआई प्रयोगका नैतिक चुनौतीहरू” तथा डा. ऋतु राज लम्साल द्वारा : “इन्जिनियरिङमा एआई र आइओटीको समन्वय: नेपालमा प्रयोगका अवसर र चुनौतीहरू” पस्तुत भएका थिए।
यी प्रस्तुतीकरणहरूले नेपालमा डिजिटल पूर्वाधारको विस्तार र एआई तथा प्रविधि समायोजनको महत्त्वलाई उजागर गरेको कान्तिपुर सिटि कलेज का प्रशासकीय प्रमुख राजीव तिमिल्सिनाले पढ़नेकुरा डटकम लाई बताउनु भएको छ।
सम्मेलनले विशेष अतिथिहरूको रुपमा
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय का प्रतिनिधि ,कान्तिपुर सिटी कलेजका अध्यक्ष श्री सुमन कटवाल, र अन्य अतिथिहरूको रुपमा :इ. भानुभक्त निरौला, उप-प्रिन्सिपल, कान्तिपुर सिटी कलेज डा. दीपक विक्रम थापा क्षेत्री, आईसीएआईई २०२५ का संयोजक लाई निम्त्याएको थियो।
सम्मेलनमा प्रमुख वक्ताको रुपमा प्रा. डा. दीपक प्रसारले “साइबर सुरक्षाका लागि एआईको भूमिका: विकासशील देशहरूको चुनौती र सम्भावना” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गर्नु भएको थियो । उहाँले एआईको महत्त्वपूर्ण भूमिका, विशेष गरी साइबर सुरक्षा र खतरा पहिचानमा, प्रकाश पार्नुभयो।
प्रस्तुतीकरणका सत्रहरू
पहिलो प्रस्तुतीकरण सत्र प्रा. डा. सुवर्ण शाक्यको अध्यक्षतामा सम्पन्न गराइएको थियो जसमा डा. दीपक विक्रम थापा क्षेत्री द्वारा : “दिगो विकासका लागि एआई: इन्जिनियरिङका चुनौती र समाधान” र श्री मुकेश घिमिरे, (पीएचडी) को : “नवीकरणीय उर्जाको प्रवर्द्धन र नेपालका उर्जा क्षेत्रमा एआईको सम्भावित प्रयोग” बिषयक प्रस्तुति रहेका थिए।
यी प्रस्तुतीकरणहरूले जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन, र उर्जाको दिगो विकासमा एआईको भूमिकालाई विशेष जोड दिएको पाईएको छ ।
सम्मेलनको दोस्रो सत्रम़ा ,
श्री रमेश पराजुली द्वारा : “फोहोर व्यवस्थापनको लागि आइओटी र एआईको समायोजन” र श्री श्रीदीप रायमाझी द्वारा : “विकासशील देशहरूका लागि एआईको सम्भावना र चुनौतीहरू” प्रस्तुत भएका थिए।
यी प्रस्तुतीकरणहरूले फोहोर व्यवस्थापन र एआईका अवसर तथा चुनौतीहरूमा प्रकाश पारेका थिए । रायमाझीले एआईबारे सचेतना फैलाउनु, र एआई बारे नकारात्मक बुझाई हटाउनु, र यसलाई दिगो बनाउने उपायहरूमा चर्चा गर्नु भएको थियो ।
प्यानल छलफल
प्यानल छलफल कार्यक्रमको मुख्य आकर्षण थियो। छलफलको संयोजन श्री विवेक एस. राणा (डिजिटल इन्टरप्राइज आर्किटेक्ट, सेन्टर फर एआई डिजिटल पोलिसी, अमेरिका) ले गर्नुभयो। प्यानलिस्टहरूमा:
डा. सुरेश मानन्धर, सीईओ, विसेयाक,श्री अनिल कुमार दत्त, सहसचिव, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय,डा. मनोज शाक्य, सहायक प्राध्यापक, काठमाडौं विश्वविद्यालय रहनु भएको थियो।
छलफलले नेपालमा एआईको विकास, डेटा सुरक्षाको समस्या, ग्रामीण क्षेत्रलाई एआईमा समावेश गर्ने, र विकासशील देशहरूको सन्दर्भमा नीतिगत पक्षलाई सम्बोधन गरेको छ ।
समापन समारोह
कार्यक्रम डा. दीपक विक्रम थापा क्षेत्री, सम्मेलन संयोजक, द्वारा धन्यवाद ज्ञापनबाट समाप्त भयो। इ. भानुभक्त निरौला, उप-प्रिन्सिपल, कान्तिपुर सिटी कलेजले समापन मन्तव्य राख्दै सम्मेलनको महत्व र उपलब्धिहरूमा प्रकाश पार्नुभयो। कार्यक्रम आ इ टी र नेटवर्किङ सेसनसहित भव्य रूपमा सम्पन्न भयो।
उक्त अन्तरास्ट्रिय सम्मेलनको मुख्य निष्कर्ष
१) एआईले दिगो विकास र प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।
२) नेपालको सन्दर्भमा एआईसम्बन्धी नीति, पूर्वाधार विकास र शिक्षाको आवश्यकता छ।
३) ग्रामीण क्षेत्रलाई समेट्ने रणनीतिहरू निर्माण गर्नुपर्छ।
भन्ने रहेका छन्।
कार्यक्रमको उद्घाटन कान्तिपुर सिटी कलेजका प्रिन्सिपल तथा कार्यक्रम अध्यक्ष श्री राजु कट्टेलले गर्नुभएको थियो ।
आयोजक कान्तिपुर सिटी कलेज पुर्वाञ्चल विश्वविधालय द्वारा सम्वन्धन प्राप्त इञ्जिनियरिङ्ग , आईटी ,व्यवस्थापन तथा स्नाकोत्तर तहमा आम संचार तथा पत्रकारिता पढाईहुने अग्रणी क्याम्पस हो।