कोभिड-१९ रोकथाम सहजीकरणको लागि राजधानीमा जारी निषेधाज्ञा एक साता थपियाे

काठमाडाैँ, भदाै १० गते । काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएकाे छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदैथियाे । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा बसेको तीन जिल्ला काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो । काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग छलफल गरेका थिए ।

बुधबार बिहानै काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकबाट निषेधाज्ञा एक साता थप्ने निर्णय भएको हो । अब भदौ १७ गते रातको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ । उपत्यकामा सङ्क्रमणको दर बढेसँगै निषेधाज्ञासमेत भदौ १७ गतेसम्म बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सोमबार उपत्यका नगरपालिका फोरमको बैठकले समेत भदौ १५ सम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीहरूलाई आह्वान गरेका थिए ।

Source: Gorkhapatraonline

Facebook Comments