महिला हिंसा र बलात्कारका घटना विरुद्ध प्यूठानी युवाहरुको खवरदारी
१ कात्तिक, प्युठान ।
पढ़नेकुरा सम्वाददाता
नेपाल स्वतन्त्र युवा समाजद्वारा प्युठानको बाग्दुला बजारमा महिला हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय देशमा महिला हिंसा र बलात्कारका घटना बढ्दै गएपछि प्यूठानी युवाहरूको अगुवाइमा उक्त कार्यक्रम सञ्चालन भएको हाे ।
कोभिड १९ को सतर्कता सहित हिंसा विरुद्धको जागरुक अभियान कार्यक्रममा बाेल्दै प्यूठानी युवाहरूले देशमा पछिल्लो समयमा बढिरहेको बलात्कार घटनाहरु रोकथाम गर्न सरकारले कडा भन्दा कडा कदम चाल्नु पर्ने माग राखेका छन् । जुन देशमा महिला रास्ट्रपति छ त्यही देशका महिला तथा स-साना बालबालिकाहरु आज दिन दिनै बलात्कृत हुनु असैह्य विषय बनेको उनीहरुको भनाई छ । देशभित्र सालन्जेल त्यति धेरै किशोरी तथा बालबालिकाका अराजकताका घटना हुदा पनि आजसम्म रास्ट्रपतिबाट महिला रक्षा तथा बलात्कारकाे अन्त्यका लागि एक शब्द पनि नबाेल्नु दुःखद भएको उनको भनाइ थियाे । राष्ट्रपतिको माैन रहि कुनै कदम चाल्न नसक्नुनै अपराधीलाई प्रोत्साहन गर्नु हो भन्ने युवा नेत्री अस्मिता गहतराजको भनाइ छ ।
कार्यक्रमको संयाेजन तथा नेतृत्व नेपाल स्वतन्त्र युवा समाजका संयोजक तथा युनाइटेड प्यूठानी सामाजिक संजालका संचालक जीवन खनालले गरेका थिए ।युनाइटेड प्यूठानी नामको सामाजिक संजाल मार्फत प्युठान जिल्ला र देशभित्रका हरेक सामाजिक तथा राजनैतिक समस्याको पहिचान गरि सरकार लाई सहयोगका साथै खवरदारी पनि गराउदै आएको यो समूहले यो भन्दा आगाडि प्युठानको जुम्री बजारमा पनि यसै कार्यक्रम सम्पन्न गरेको थियो।
कार्यक्रममा राष्ट्रिय झण्डा तथा बलात्कार विरुद्धका विभिन्न प्लेकार्ड सहित युवा युवतीको उपस्थिति थियाे ।
