प्युठानले पायो नयाँ बर्षको उपहार उद्घाटन हुदै व्यवस्थित बसपार्क

चैत्र ३१ ,प्युठान
प्युठान जिल्लामा लामो समय देखि अस्त व्यस्त बसपार्कको समस्या अव सहजै सुल्झिने भएको छ। झन्डै ५ बर्षको समयावधिमा निर्मित प्युठान बसपार्क संचालनमा आए संगै सिंगो जिल्ला लाभान्वित हुने भएको हो ।
प्युठान नगरपालिका वार्ड न ७ मा अवस्थित प्युठान बसपार्क जिल्लाकै ठुलो बसपार्क भएको र करिब ३ सयको हाराहारिमा साना ठुला गाडी अटाउने व्यवस्था सहित सम्पन्न गराएको बसपार्क निर्मार्ण समितिका सदस्य रोमा राम पण्डितले पढ्नेकुरा डट कम लाई बताउनु भएको छ।
बैसाख १ गते नयाँ बर्षको दिन पारेर जिल्ला भरका सबै राजनैतिक दल , प्रमुख जिल्ला अधिकारि ,सुरक्षा निकायका प्रमुख , जन प्रतिनिधि ,बस ब्यबसाय समितिहरु र आम सर्व साधारणको उपस्थितिमा भब्य उद्घाटन गरि लामो र छोटो दुरीका बस यसै बसपार्क बाट संचालनमा आउन लागेका हुन् ।

हाल प्युठान देखि नेपालगंज , महेन्द्रनगर ,दिल्ली ,पंजाव ,काठमान्डू लगायतका गन्तव्यहरुमा बस छुट्दै आइरहेको स्वर्गद्वारी बस ब्यबसायी समितिका उपाधक्ष धिरज पण्डितले जानकारी दिनु भएको छ।
बसपार्कको उद्घाटन बैसाख १ गते बिहान ११ बजे हुदैछ ।

Facebook Comments

You may have missed