एल.आर.आइ स्कूल कलंकी नेपालको प्रतिनिधि मण्डलद्धारा ओकीनावा र जापान टोकियो विभिन्न शैक्षिक अवलोकन भ्रमण

जापान ,टोकियो

नेपाल जापान बिचको शैक्षिक सम्बन्धलाई बढावा दिन गत भाद्र १३ गते जापान पस्थान गरेको एल आर आई स्कुलको जापानको भ्रमण बिशेष फलदायी बनेको छ।

जापानको ओकिनावा शिक्षा विभागको आमन्त्रणमा जापान पस्थान गरेको एल आर आइ स्कुलको प्रतिनिधि मण्डलले ओकिनावा शिक्षा विभाग,जापानका केहि स्कुल र विश्वविधालयहरु संग दिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। बिभिन्न स्कुल तथा युनिभर्सिटीसंग भएका सम्झौताहरुमा बिद्यार्थी तथा शिक्षक अनुभव आदान प्रदानका कार्यक्रमहरु रहेका छन्।

२०८० (भाद्र १३ -२१ )एल आर आई स्कूल काठमाडौँको जापान भ्रमणका केहि उपलब्धिहरु

  • ओकिनावा शिक्षा विभाग भ्रमण अवलोकनपछि ओकिनावामा रहेको एमिकश इन्टरनेशल स्कूल (अंग्रेजी माध्यमबाट पढाइ हुने स्कूल) संग विद्यार्थी आदानप्रदान गर्ने सहमति र शिक्षक आदानप्रदानका विषयमा कुराकानी ।
  • ओकिनावामा रहेको Ryukus University संग कलेजस्तरिय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले उक्त विश्वविद्यालयको डिनसंग विशेष भेटघाट र द्धिपक्षिय कुराकानी ।
  • भाद्र १९ गते विद्यालयका संस्थापक गुठीयार श्रीमती यशोधारा पन्त, प्राचार्य डा. देवकान्त जोशी तथा प्रशासकिय प्रमुख सहितको टोलिद्धारा KUMON प्रधान कार्यलय तथा KUMON कक्षाहरुको अवलोकन भ्रमण ।
LRI School Visited at Ryukus University, Japan

एल.आर.आइ स्कूलले शैक्षिक सत्र (२०८०- ८१)देखि नेपालमा नै पहिलो पटक डिजीटल प्रविधिबाट सिकाइने KUMON कक्षा संचालन गरिरहेको छ । KUMON सिकाइले विद्यार्थीहरुलाई आधुनिक प्रणालीमा आवद्ध गरी उनीहरुलाई सजिलो माध्यमबाट गणित सिकाइन्छ । हाल विद्यालयले कक्षा ३ र ४ मा KUMON कक्षा संचालन गरिरहेको छ । टोकियोस्थित KUMON प्रतिनिधि मण्डलले एल.आर.आइ नेपालको प्रतिनिधि मण्डललाई हार्दिक स्वागत गरेको छ ।

भाद्र २१ गते बिहिबार टोकियोमा जापानमा नै नेपाली पाठ्यक्रम तथा नेपाली शैक्षिक क्यालेण्डरलाई आधार बनाएर स्थापित गरेको स्कूल एभरेष्ट इन्टरनेशनल स्कूल भ्रमण अवलोकन ।

एभरेष्ट इन्टरनेशनल स्कूलका संस्थापक अध्यक्ष श्री भवन भट्टद्धारा उक्त स्कूलमा स्वागत भएको थियो। पूर्व NRNA ,JAPAN को अध्यक्ष समेत रहेका भवन भट्ट लगायत अन्य लगानीकर्ताको साझेदारीमा यो स्कुल जापानमा स्थापना गरिएको हो।

हाल पूर्व प्राथमिक कक्षा देखि कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालय नेपाल बाहिर खुलेको पहिलो नेपाली विद्यालय हो। एल आर आई स्कुल कलंकी काठमाडौँ र एभेरेस्ट इन्टर्नेशनल स्कुल जापान बीच भगिनी सम्बध कायम रही आएको छ

जापानको ओकिनावा र टोकियोमा रहेका शैक्षिक संस्थाहरुसंग भएका शैक्षिक गतिविधि र दिपक्षीय सहकार्य का वारेमा भ्रमणको अन्तिम दिन अर्थात भाद्र २१ गते बिहिवार एल आर आई स्कुलका प्रतिनिधि मण्डलले जापानमा रहेको नेपाली राजदुतावास भ्रमण गर्यो।

विद्यालयका गुठियार श्रीमती यसोधरा पन्त र प्राचार्य डा देवकान्त जोशीले जापानको ओकिनावा र टोकियोका शैक्षिक संघ संस्था हरु संग भएका आपसी कुराकानी र सहमतिका बारेमा नेपाली राजदुत श्री दुर्गा बहादूर सुवेदी र Deputy Chief of Mission श्री अम्बिका जोशीलाई जानकारी गराउनु भयो। राजदुत श्री दुर्गा बहादुर सुबेदीले आफु बेलायतको राजदुत रहदा एल आर आई स्कुलले बेलायतका शैक्षिक संघ संस्थाहरु संग पनि बिभिन्न शैक्षिक आदान प्रदान गर्ने सहमति गरेको स्मरण गराउदै एल आर आई स्कुलले आफ्ना बिध्यार्थीहरुलाई ग्लोवल सिटिजनको अवधारणामा लगाउन गरेको प्रयास र शिक्षा क्षेत्रमा खेलेको भूमिका प्रति विधालयको प्रशंसा गर्नु भयो।

राजदुत सुबेदीले नेपालको शिक्षा क्षेत्रमा एल आर आई स्कुलले खेलेको अग्रणी भूमिकाको प्रसंशा गर्दै अन्तरास्ट्रिय शैक्षिक आदान प्रदान कार्यक्रममा विद्यालयलाई हरतरहले सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो र निकट भविष्यमा एल आर आई स्कुल संगको सहकार्यमा नेपाल जापान शैक्षिक कार्यक्रम/ मेलाको आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो। उक्त भेटमा उपराजदुत अम्बिका जोशी एल आर आई स्कुलका प्रशासकीय प्रमुख दिपक जोशी तथा विधालयका जापानस्थित अभिभावक दिनेश रेग्मी लगायतको उपस्थिति रहेको थियो।

एल आर आई बिद्यालय भ्रमण प्रतिनिधि मण्डल भाद्र २२ गते शुक्रवार नेपाल फर्केको छ।