अव यस्तो महामारी हाम्रो विश्वले कहिल्यै झेल्नु नपरोस ! एक नर्सको अनुभब

प्रतिज्ञा गौतम
जेष्ठमहिनाको अन्तिम दिन थियो एकजना वार्डमा भर्ना हुनु भएका ७० बर्षका बाजेले मलाई सोध्नु भयो नानी कोरोना भन्नि के जातको रोग हो? बुढा बुढीलाई समात्छ भन्छन् ,मलाई पनि पक्कै लागेको हुनु पर्छ। त्यहि भएर गार्हो भैराखेको छ। उत्तरमा मैले होइन हजुरको अरु समस्या हो भनि सम्झाए। ! उहा अन्य रोगकै बिरामी हुनु हुन्थ्यो । त्यस दिन दिउसो उहा बाजेले भनि सके पछि म केहि बेर झस्केको थिए वृद् लाई त् के कतै मै लाई नै पो समात्ने पो हो कि ? किनकि म एक स्वास्थ्यकर्मी नर्स थिए। कोबिद को सुरुवाती दिनहरुमा यस्तै त्रास धेरैमा केहि हामीमा बढि जनसमुदायमा रह्यो बिशेष गरि बय वृद् अभिभाबक यसको बढि शिकार भएको पाइन्थ्यो र आजको दिनमा पनि यो कायमै छ।
कोबिदको बेला बिर अस्पतालमा काम गरिरहदा आफुलाई कोरोना संक्रमर्णको जोखिम भन्दा आफ्नो कारण घर परिवार पो जोखिममा छ कि भन्ने चिन्ता लागि रहयो कदमकदाचित आफ्नो घर परिबारका अरु सदस्य लाई रोग सारेर केहि अशुभ भयो भने म आफु लाई कसै गरिपनि माफ गर्न सक्दैन भन्ने जस्ता भावना हरु आईरहे। नेपालमा पनि तिब्र रुपमा बिरामी बढ्न थाले पछि छुट्टै कोठामा बिल्कुलै अलग बसी आफ्नो डिउटी गर्न थालेको थिए । आज फर्केर हेर्दा आफ्नो निर्णय एकदम सहि लागि रहेको छ।
म आफु एउटा स्वास्थ्य कर्मी को नाताले देश र जनतामा यस्तो महामारीको बिपत पर्दा आफ्नो कर्तब्य बाट पछि हट्ने कुरै भएन। डर त् दिनौ हुन्थ्यो तर अझै बलियो भैं सोच्ने गर्थे आफ्नै धर्म निभाउन नसके म आफुलाई के कुरामा गर्ब गर्न सकुला ? आफुलाई त्यस्तो निस्वार्थी अवस्थामा पाउनु मेरो लागि गर्बको कुरा थियो। म जस्ता हजारौ स्वास्थ्य कर्मी ले कोबिद -१९ सुरु भए संगै आफ्ना मानसिक तनाब झेलेर भएपनि काम गर्दै आइरहनु भएको छ। आफु २४ सै घण्टा खटिएर काम गर्दा कहिले काहिँ हामी स्वास्थ्यकर्मी माथि हुने शारीरिक मानसिक हमलाले कति हत्तोसाहित बनाउछ होला त्यो पनि सोच्ने गर्दछु।
देशमा पीपीई कोरोना लागेकै बिरामीको उपचार गर्न पुगिरहेको छैन त्यहि भएर आफ्ना लागि पिपीई माग गर्न पनि नसक्ने अवस्थामा हामी थियौ। देश गुनको भेष जस्तो अवस्थामा मास्क र sanitizer आडमा कर्तब्य पालन गरियो। यो कोबिदको महामारीले संसारमै साच्चैनै अस्थिरता छाएको छ। हाम्रो देशमा हेर्दा अब लक् डाउन खुले संगै कोरोना संकर्मर्ण बढ्ने अवस्था पनि बढी रहेको छ। भने अर्को तर्फ आर्थिक समस्या ले निम्ताएको मानसिक तनाब पनि उत्तिकै बढ्दो छ।
मानसिक तवरले हामी स्वास्थ्यकर्मी झन् ज्यादै प्रभावित बनेको यो तितो यथार्थ लाई स्विकार्नु पर्ने नै हुन्छ किनकि हामी पनि उही संबेदनशील मानिस हौ जसको आफ्नो घर परिवार र व्यक्तिगत जिन्दगि पनि उत्तिकै चासोको बिषय हुन्छ तर पेसागत धर्म निभाउदै गर्दा आफ्नो मानसिक स्वास्थ्य सहि राख्न र हौशला ले काम गर्न म आफु विभिन्न लेख रचना र अनुभव पढ्दै आईरहेको छु। र अरुलाई पनि सोहि सल्लाह दिने गर्दछु। आज, यस पढ़नेकुरा अनलाईनमा आफ्ना अनुभव लेखिरहदा आफुलाई पूर्ण ताजकी मिलिरहेको महशुस गरिरहेको छु।
अझै देशमा स्कुल क्याम्पस ,सिनेमा घर , मनोरंजन गृह हरु बन्द रहेको अवस्था भएकोले आफुलाई मानसिक र शारीरिक तवरले सक्षम राख्न आफ्नो घर परिवार , टोल छिमेक , साथीभाई आफन्त संग भौतिक दुरी कायम गरि रमाइलो गर्ने , एक अर्काको विचार भावना बुझ्ने , दैनिक ब्यायाम ,योग गर्ने , संगीत सुन्ने , सिर्जनात्मक कुरामा आफुलाई लगाउने ,आफ्नो सहि समय तालिकामा खाने , सुत्ने , डुलने र आफ्नो काम सक्ने बानी विकास गर्दा आफ्नो शारीरिक र मानसिक भलो हुने मेरो साथीभाई हरु,भाई बहिनि र यो लेख पढ्दै गर्नु हुने हजुर हरु सबैलाई सुझाब छ।
फेरि आफ्नो कार्यस्थल तिर फर्कदा , अस्पताल , स्वास्थ्य केन्द्र जस्ता ठाउँ हरुमा पनि कोरोना बाट बच्ने उपकरणहरु पीपीई मास्क Sanitizer, Globes हरुको प्रबन्ध मिलाउनु अस्पताल ब्यबस्थापन समितिको दायित्व देख्दछु । यो उचित ब्यबस्थापनले हामि जस्ता स्वास्थ्यकर्मीको हौशला बढ्नुको साथै कोबिद -१९ को प्रतिकार मा जुध्नको लागि तागत मिल्ने थियो।
तसर्थ , जोखिमको यस पल्लामा सबै नेपाली जनले आफ्नो चेतनाको अभिब्रिदी गरि सामाजिक सद्भाव राखी स्वास्थ्यका निकाय संग समन्वय गरि काम गर्नु गराउनु उत्तिकै जरुरि रहेको छ। कोरोना बाट बच्न मास्क Sanitizer को प्रयोग गर्न नभुल्नु होला। आशा गरौ यसको औषधि पनि छिटो निस्कने छ र फेरि विश्व पहिलेको झैँ चलायमान हुने छ। कोरोनाको कारण ज्यान गुमाउनु भएका सबैको चिर शान्तिको कामना। अव यस्तो महामारी हाम्रो विश्वले कहिल्यै झेल्नु नपरोस !
लेखिका वीर अस्पतालमा कार्यरत नर्स हुनु हुन्छ /