‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’

A lab technician uses a single channel pipette dropper in the immunogenicity testing process during production of the 'Medgamal' COVID-19 vaccine, developed by the Gamaleya National Research Center for Epidemiology and Microbiology and the Russian Direct Investment Fund (RDIF), at the Gamaleya National Research Center in Moscow, Russia, on Thursday, Aug. 6, 2020. Some medical staff and city government workers in Moscow are being offered the opportunity to inoculate against the coronavirus as Russia is poised to register what it says is the worlds first Covid-19 vaccine. Photographer: Andrey Rudakov/Bloomberg via Getty Images

काठमाडौं, साउन २७ गते । रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दर्ता गरिएको मङ्गलबार जानकारी दिनुभएको हो । कोभिड–१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ । रोयटर्सले भने उक्त खोपलाई ‘स्पुतनिक ५’ नामाकरण गरिएको जनाएको छ । 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताउनुभयो । रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिनुभयो । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।
समाचार संस्था एपीले रुसी राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “म फेरी दोहोरयाउन चाहन्छु, खोपले आवश्यक सबै परीक्षण पार गरेको छ, खोपको प्रयोगमा पूर्ण सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन जान्छ, र यसले प्रभावकारि रुपमा काम गरेको छ ।”
पुटिनले उक्त बैठकमा पहिलो सुई लगाउने बेला छोरीलाई ३८ डिग्री सेल्सियस(१००.४ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएकोमा अर्को दिन ३७ डिग्री(९८.६ डिग्री फरेनहाइट)मा झरेको बताउनुभयो । दोस्रो पटक सुई लगाएपछि शरीरको तापक्रम केही बढेको दत्र्ता गरिएपनि त्यसयता सबै अनुकूल रहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो मारिया र कैट्रिनामध्ये कुन छोरीलाई खोप लगाइएको सम्बन्धमा खुलाउनुभएन ।
खोप विकासमा संलग्न अधिकारिहरुले भने कम्तिमा दुई वर्षसम्म उक्त खोप काम लाग्ने जानकारी दिएका छन् । अधिकारीहरुले ठूलो मात्रामा खोपको उत्पादन सेप्टेम्बर महिनामा मात्रै सुरु हुने जानकारी दिएका छन् । अक्टोबर पहिलो सातादेखि सर्वसाधारणका लागि खोप खुला गरिने अधिकारीहरुलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।
रुसमा कोरोनाभाइरस प्रकोपको रुप लिएपछि राष्ट्रपति ट्रम्पले क्लिनिकल ट्रायल छोट्याएर सक्दो छिटो खोप विकास गर्न निर्देशन दिनुभएको थियो । गत् मई महिनामा नै खोप विकासमा संलग्न गमेलेया इन्स्टिच्युटका प्रमुख प्राध्यापक अलेक्जेण्डर जिन्सबर्गले आफू र अन्य अनुसन्धानकत्र्ताले खोपको परीक्षण आफूमाथि नै गरेको बताएपछि रुसी खोपको चर्चा सुरु भएको थियो ।
मानव परीक्षण ७६ जना स्वयंसेवीमा लगाएर जुन १७ मा सुरु भएको हो । ३८ जनामा झोलको रुपमा रहेको सुई लगाइएको थियो । बाँकीको ३८ जनालाई घुलनशील पाउडर लगाइएको थियो । पहिलो आधा रुसी सेनाबाट लिइएको थियो । रुसले परीक्षणको तयारी गरिरहँदा अमेरिका, बेलायत र क्यानाडाले गत् महिना रुसले पश्चिमा प्रयोगशालाबाट खोपको अनुसन्धान चोर्न ‘हयाकर’ प्रयोग गरिरहेको आरोप लगाएको थियो ।
रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पुरा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो ।
रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको दत्र्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिसकेको छैन् ।
क्रेमलिनको राजनीतिक दबाबका बीच रुस विश्वब्यापी वैज्ञानिक अन्वेषणको शक्ति रहेको चित्रण गर्न खोप सम्बन्धी सूचना बाहिर आएको हुनसक्ने सीएनएनको दाबी छ ।
विश्व स्वास्थ्य संगठनले भने खोप प्रयोगमा ल्याउनुभन्दा अगाडि नै परीक्षणको सबै चरण पार गर्नुपर्ने जनाएको छ । त्यसो हुन नसके खोपको प्रभावकारिता, शरीरमा नकारात्मक असरसँगै ब्यक्तिको खोपमाथिको विश्वसनियता गुम्ने स्वास्थ्य संगठनले जोड दिदै आएको छ। Source: Gorkhapatraonline

Facebook Comments