एमसीसीका विषयमा अमेरिकी चासो

२०७७ श्रावण ११ आइतबार 

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन् । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले भेट गरेका हुन् । 

गत जेठ १६ गते संसदबाट पारित गरिसक्नुपर्ने भए पनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेका छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिए । 

भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सुनारले बताए । रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराए । 

भेटमा राजदूत बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।  Source : Barhkhari

Facebook Comments