बुवाको लागि गीत बनाए ,सुनाउन पाईन : गायक सुगम पोख्रेल

कुशे औशी अर्थात् बुवाको मुख हेर्ने दिन गायक सुगम पोख्रेलले आफ्नो बुवालाई Surprise दिन एउटा कोसेली रचेका थिए तर भैदियो अर्कै।

उनले आफ्नो फेसबुक पेजमा लेख्छन्

धेरै अघि देखि नै “बुवा” को बारे मा गीत बनाउने सोच थियो र त्यो प्रयास केहि समय अगाडि पुर्ण भयो।Music Video बनाएर यो कुशे-औसी को आसपास सार्वजनिक गर्ने योजना थियो ,समस्त बुवा हरुलाई “बुवा को मुख हेर्ने दिन” को कोसेली स्वरुप समर्पण गर्ने भनेर। सबै तयारी भैसकेको थियो अप्रत्याशित खबर आयो बुवा बित्नु भयो भनेर…Surprise दिन खोजेको थिए बुवालाई , आफैं पो Surprised भए !!!
“बुवा” शिर्षक को गीत गर्दैछ रे भन्ने कुरा वहाँलाई थाहा चै भएछ तर मलाई गीत सुनाउन नपाएको मा बडो थकथक लागेको छ।भौतिक रूपमा बुवा अहिले हामी माझ नभएपनि वहाँ को शिक्षा-दिक्षा ,सोच , सपना अनि आशिर्वाद लाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैं गर्नेछु।
यो गीतले एउटा पिता को चित्रण गर्छ जुन रुप , सोचाइ , भोगाई , आचरण , ब्यक्तित्व सम्भवत तपाईंको मेरो या अझ भनौं हरेक Daddy , Papa , Baba , बा या बुवा को आकृति पाउनुहुनेछ/देख्नुहुनेछ। समस्त बुवा हरु को लागी…आशिर्वाद पाईरहु…पितृदेवो भव:
बुवा…हजुरको याद आउँछ…

बुवा शब्दमा कति वजन हुन्छ हामी जो कोहि पनि महशुस गर्न सक्छौ । बुवाको अभाब सदाका लागि भै राख्ने सन्ततिको लागि बुवा शब्द मनमा कति भारि बनि रहेको हुन्छ यो आलो पिडा हाल रंगकर्मी सुनिल पोख्रेल संगै गायक सुगम पोख्रेललाई सहनु पर्यो ।

सत्यको बाटो हिड्न सिकाउने बाबाको आशिर्वाद थाप्न बनेको सुगमको “बुवा हजुरको याद आउछ” यो गीत दुर्भाग्यले सुगम पोख्रेल ज्युले आफ्नो बुवालाई सुनाउन नपाएता पनि सुगमका गीत प्रेमीहरुको लागि यो कुशे औशीको अवसर पारेर उपहार स्वरुप आएको छ।

दुई दशक देखि पोख्रेलका गीत सुन्दै आएका २०५८ सालको यस यल सी ब्याजे प्युठानका स्कुले साथीहरु मदन गौतम ,पुरुषोत्तम रिजाल गायक सुगम पोख्रेलले सन्तानको लागि उच्च महत्व राख्ने “बुवा को मुख हेर्ने दिनलाई आफ्नो गीत मार्फत गरिमा बढाई दिनु भएको विचार राख्नु हुन्छ।

कृपया ,यो गीत सुनी कृपया सेयर गर्न नभुल्नु होला। कुशे औशी अर्थात् बुवाको मुख हेर्ने दिनको सबैलाई शुभकामना !

Facebook Comments