कोरोना “वास्तविकमै महामारी कि भ्रम” ?

डा. सन्जिब पण्डित

नेपालमा औसद जनसंख्या भन्दा पनि बढि जनता गरिबीको रेखा मुनि छन्। दैनिक जिबिको पार्जन गर्नका लागि मजदुरी गर्नेको संख्या हेर्ने हो भने कोरोनाले गर्दा मृत्यु हुनु भन्दा भोलिका दिनमा भोकमरीले मर्ने संख्या बढी नहोला भन्न सक्किन्न। बढ्दो lockdown ले गर्दा बिरामी ओसार पसार मा पर्न गएको प्रभाबले  गम्भीर किसिमका दिर्घ कालिन रोग भएका मानिसहरुमा पर्न गएको असर, कोरोना डेडिकेटेड अस्पताल भनेर सामान्य चिकित्सा सेवा सम्म पाउन नसकेको अवस्था लाई हेर्ने हो भने गरिब र निमुखाहरुको बाहुल्यता भएको हाम्रो जस्तो देशमा थपिदो लक्डाउनले उपल्लो ऒहदामा रहेका केहि लाई बाहेक कसैको भलो गरेको छ जस्तो लाग्दैन।

यो पुँजीपति र दलालबादको संयन्त्रलाई एक पटक नियालेर हेर्ने र संसारका अन्य धनि मुलुक संग दाँजो नगरी आफ्नो देशको अवस्था, आफ्ना जनताको आयश्रोत , आफ्ना जनताको आम्दानी को प्रमुख श्रोत हेर्ने हो भने हिजो सुपोमा व्यापार गरेर जिबिको पार्जन गर्दै गरेका जनताको घरमा चुलो बल्यो होला कि नाइँ त ? हिजो मजदुरी काम गरेर परिवार का स-साना बच्चा लाई खान दिने बाबाले आज के खुवाएर बचाएको होला ? हिजो ६० वर्ष नाघी सक्दा पनि १०० किलो को भारि बोकेर आफ्नो जिबिको पार्जन गर्दै आएका ति बा लाई अहिले खाली नाम्लो पनि भारि भएको कसले बुझिदिने ?

हो ! एउटा फरक किसिम ले सोच्ने हो भने लक्डाउन नभएको भए त्यो ३५ हजार संक्रमण ३ लाख पचास हजार पो हुन्थ्यो कि र त्यो मर्ने को संख्या २३० बाट २३ सय पो हुन्थ्यो कि ? तर त्यो काल्पनिक छ , काल्पनिक भय ले गर्दा बास्तबिकता मा कसै को मुखको आहार खोसिनु मा कुनै तर्क देखिदैन।

हिजो पाकिस्तानका रास्ट्र प्रमुखले भनेको सम्झना आउछ , “हामी के चीनमा जसरि घर घरमा खाना पुर्याउन सक्छौ ? के बिकसित रास्ट्रमा जस्तो संचित पुंजी छ जसले अर्को आर्थिक वर्ष सम्म लाई धान्न सक्छ ? ति रिक्सा चलाएर खाने ति मजदुरी गर्ने ति किसानी गर्ने मानिसका परिवारले के खाएर जिबन पार्जन गर्लान ?” बडा मार्मिक सोंच थियो उनको , उनले यो बिज्ञप्ति नेपालमा लक्डाउन सुरु हुनु पूर्व नै भनेका थिए र भारत लगाएत कति देश हरुले यसको बिद्रोह पनि गरे तर अन्त्यमा हेर्ने हो भने अहिले पाकिस्तान जहाँ लक्डाउन गरिएन र भारतमा जहाँ गरियो संक्रमणमा कुनै फरक या पाकिस्तान ले गल्ति गर्यो भन्ने स्थिती रहेन। हो, त्यहि सोच अब नेपाल र नेपाली ले राख्नु जरुरि छ। यो पनि किन जरुरि छ भने Vaccine त बन्दै छ छिट्टै आउला पनि तर नेपालमा बिकसित राष्ट्रमा जस्तो छिट्टै आउने सम्भावना न्युन छ।। जन स्वास्थ्य बिज्ञहरुको भन्नुमा पनि त्यस्तै छ , कोरोना संक्रमण पुर्ण रुपमा निर्यंत्रण मा आउन कम्तिमा पनि अझै २ वर्ष लाग्छ।  हो यदि त्यसो हो भने त दुइ वर्ष सम्म यस्तै लक्डाउन गरेर बसेर पुग्छ त नेपाली जनता लाई ?

म  प्रश्न गर्छु , हिजो त्यो खाडी मुलुक मा गएर काम गर्ने हाम्रा दाजु भाइ तथा दिदि बहिनि हरु अब काम नपाउदा के सोंचमा होलान ? भन्न त सजिलो छ नेपाल कृषि मुलक देश हो खेति किसानी गरे भयो नि , के हिजो थिएन र यत्रो लाखौ जनता बिदेशिनु परेको थियो ? आज पनि कुन किसान को आर्जित खाद्यान्न ले बजार ब्यबस्थापन पाएको छ त ? लक्डाउन ले गर्दा फलेको तरकारी घरमै कुहिएको कसले देख्ने र कसलाई भन्न जाने ? ति भक्तपुर का दाजु ले त दुध बाटो मा पोखेर राष्ट्रिय समाचार बन्यो तर त्यस्ता किसान हरु कति घर मा बसेर रोइरहेका छन् कसले बुझिदिने?

के सरकार को दायित्व यो थिएन ? जिल्ला जिल्ला मा खटिएका सिडियो हरु को यो जिम्मेबारी थिएन ?  के यो दायित्व जनप्रतिनिधि हरु जुन घर घर मा सिंघ दरबार आयो भन्ने हरु को थिएन ? के यो प्रदेश पालिका सबै को जिम्मेबारी थिएन ? थिएन भने यो जिम्मेबारी कस्को ?

यदि जिम्मेबारी बहन गर्न नसक्ने हो भने यो तानाशाहीतन्त्र जसरि जनता लाई भेंडा जस्तो बनाइ डर त्रास देखाएर घरमा थुनेर राख्नु को पनि कुनै तुक छैन।

नेपाली जनताले पनि बुझी सक्यो कि मास्क लगाउनु , साबुन पानिले हात धुनु, र सके सम्म को सामाजिक दुरी कायम गर्नु यो कोरोना लाई मात्रै हैन कि रुघा खोकी लाइ नि ठिक हुदो रहेछ भनेर।  हो त्यसमा जोड दिउ , जनता लाई सिकाउ अनि सोचौ कि हामी अन्य धनि राष्ट्र लाई हेरेर हैन कि आफ्नो घांटी हेरेर हाड निलौं।

अब देखिका कोरोना संग सम्बन्धित प्रचार प्रसार लाई नेपाल सरकारले पढे लेखेका जनताले बुझ्ने गरि मात्र नभई अनपढ,अशिक्षित बर्गले पनि उत्तिकै बुझ्ने गरि तय गर्नु पर्ने जरुरि भएको छ ।

किनकि अहिलेको प्रचार प्रसारले केबल सहरी र बजारी क्षेत्रमा मात्रै प्रभाब पारेको छ। पढेलेखेकाहरुले जे बुझे त्यसैको केहि मात्रा छरछिमेक मा सिकाइएको छ , त्यसैले त होला अस्ति जुम्लामा एउटा बाले भन्दै थिए उ त्यो त कोरोना लागेको मान्छे अझै पनि हिन्दै रैछ। के आश्रय रैछ बुझ्दा त कोरोना लाग्यो कि मर्नु पर्ने भन्ने बुझेका रहेछन। तर ति संगै चौपारीमा बसेका कसै संग पनि मास्क थिएन , मुखमा या गोजीमा मात्रै हैन कि घर मा पनि छैन रे अनि के अर्थ यो लक्डाउन को ? खाली स-साना ब्यापारी र मजदुरी गरेर खाने लाई कस्ट?

This image has an empty alt attribute; its file name is Trapped-OP-760x425-1.jpg

हाम्रा उच्च ओहोदामा बस्ने हरु लाई के थाहा त्यो पशुपति क्षेत्रमा खाना खानका लागि घन्टौ लाइन लागेर  कति मानिस  बसेका हुन्छन भनेर , तिनी हरु लाई के थाहा खुला मंचमा कोहि दात्री आएर खाना देलाकी भन्नेको मर्म , अझ “लक्डाउन को बेला बाटो मा हिड्ने?” भनेर पुलिस ले गालि गर्दा ति हिजो सम्म आफ्नो मजदुरी गरेर दुइ हात नंग्रा खियाएर परिश्रम गरेर खाने स्वाभिमान नेपालीलाई कस्तो हुदो हो ?

कोरोना संक्रमण को बेला सुसाइड गरेर मर्ने बढे भनेर जुन संचार माध्यममा आयो तर वास्तवमा त्यस्तो छैन, जो कुनै तथ्यगतअध्ययनले नै देखाउदैन।  म आफै काम गरि रहदा पनि त्यस्तो एउटा पनि केस भेटेको छैन कि जुन कोरोना ले सुसाइड गर्यो भन्नु लायकको होस्।  हो,तनाब अबस्य छ, तर त्यो मानिसको आफ्नो मर्जी ले भन्दा पनि सरकारको लापरबाहीले,  भ्रस्टाचार को सोच राख्ने उपल्लो पधाधिकारी को घटिया मनसायले, प्रशय पाएर भएको छ। 

अहिलेको परिस्थितिमा भ्रस्ट मनसाय भएका लाइ छोडेर हेर्ने हो भने, जनसमुदायमा तिन किसिम का मान्छे देख्न सकिन्छ, पहिलो  स्वास्थ्यकर्मी  या भनौ सेवा प्रदायक दोस्रो संक्रमित बिरामी र तिनका परिवारहरु, र तेस्रो आम जनता। आम जनतालाई नि यसरी म्यानुपुलेट गरिएको छ कि जनता स्वास्थ्यकर्मी पर्ति दुर्ब्यबहार गर्न पुगेका घटना सुन्न परेको छ। बिरामी र तिनका परिवार लाई लाल्छना लगाइएको छ, समाज मा बहिस्कार गर्ने जस्तो स्थिती मा पुराइएको छ।  यहा रोगको स्पस्ट ब्याख्या गरिएको छैन।

अरु देशको जस्तो साक्षरता सोचेर नेपालमा प्रचार प्रसार गरिएको छ जुन अध्ययननै गरेर हेर्ने हो भने आधा भन्दा बढी नेपाली जनताले बुझेकै छैन र सरकार बुझाउने पक्षमा पनि देखिन्न।

नेपाली जनता जसको साक्षरता न्युन  छ तिनीहरु लाई बुझ्ने गरि एउटा पनि कुरा राखिएको छैन। भन्नु को मतलब हाम्रो देश मा खासै कुरा बुझ्न खोजिएको छैन, जुन देश र सरकार प्रमुख हरु ले सोचे उनि हरु अलग बाटो रोजेर हिंडे जस्तै कि Brundi बाट WHO को सबै प्रतिनिधि हरु र संस्था हटाइए , त्यसै गरि Tanzania मा त्यहाँ को सरकार ले  PCR परिक्षण लाई नै बहिस्कार गर्यो , अनि  त्यसै गरि बिश्व का ४५ वटा भन्दा बढी देश ले WHO को protocol नै मान्न छोडे ।

 COVID-19को लागि गरिने PCR Test अबैज्ञानिक र अशिद्ध छ भन्ने कतिपय चिकित्सक बिज्ञ हरुको  दाबी छ। ( https://off-guardian.org/ ) Tenzania मा फलफुल र पशुपंक्षीको PCR जांच गर्दा पनि Positive रिजल्ट आए पछि त्यहाँको सरकार ले PCR जाँच्न प्रतिबन्ध लगाइदिएको छ ।

सन् २०१७ को डाटा हेर्ने हो भने बिश्वभर बाट दैनिक रुपमा सरदर १,४७,००० मानिस को मृत्यु हुने गर्दछ भने नेपालमा नै अन्य रोग बाट मृत्यु हुनेको संख्या औसत मा ३००० छ भने अहिले सम्म कोरोना बाट मृत्यु हुनेको संख्या जम्मा २३०+ छ जस मा संक्रमित को संख्या ३५०००+ छ।  यी सबै तथ्य लाई हेर्ने हो भने कोरोना लाई महामारी को रुपमा लिनु भन्दा पनि बरु केहि दलाल र पुँजीपति हरुको लागि भ्रस्टाचार गर्ने माध्यम मात्र भएको जस्तो देखिन्छ।

लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा “मानसिक स्वास्थ्य” बिषयमा कार्यरत प्राज्ञिक व्यक्तिव हुनु हुन्छ।

Facebook Comments