राष्ट्रिय बाल दिवसको अवसरमा प्युठानमा “सक्रिय बाल क्लब” पुनर्गठन

पढ़नेकुरा संवाददाता

प्यूठान, २९ भाद्र

जनज्योति सामुदायिक विकास केन्द्र मातहतको युवाहरुको संजाल ” जनज्योति लर्निङ्ग फोरम “को सक्रियतामा प्युठान जिल्लामा “सक्रिय वाल क्लब “को पुनर्गठन भएको छ। उक्त कार्य भाद्र २९ गते राष्ट्रिय बाल दिवस को अवसर पारेर एक अनौपचारिक कार्यक्रमका बीच जिल्ला भित्र सम्पन्न भएको हो।

प्युठान जिल्लामा कोबिड-१९ को कारण लक डाउनमा परेका बिद्यार्थीहरु आफुले जानेको कुरा सिक्ने र सिकाउने अभियानमा तिब्र गतिमा लागि परेका कुराको अनुसरण गर्दै बालबालिका हरु समेत बाल क्लब मार्फत ज्ञानगुनका कुराहरु सिक्न थालेका छन् ।श्रद्धा पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय बाल क्लब गठनको लागि प्युठान नगरपालिका, महिला तथा वालबालिका शाखाको प्रतिनिधि श्री मंजु धितालले सहजीकरण गर्नु भएको थियो।

बालबालिकालाई समयको सदुपयोग कसरि गर्ने , कोभिड -१९ वाट कसरि बच्ने आदि सामाजिक संदेश ” जनज्योति लर्निङ्ग फोरमले दिदै आईरहेको र भोलिका दिनहरुमा अझै राम्रो कार्यक्रम गर्दै लैजाने योजना रहेको लर्निङ्ग फोरमका कार्यक्रम संयोजक अन्जान भट्टले बताएका छन्।”कोभिड -१९ हुदैन थियो भने सायद यति बेला हामी अझै घर फर्किसकेका हुदैनथियौ होला।”पक्लिहवा क्याम्पस भैरहवामा कृषि बिषय अध्ययनरत छात्र सनत के. सी भन्छन् “आफुले सिकेको जानेको कुरा अरुलाई सिकाउदैनौ भने आफुले पढेको के फाईदा ?” त्यहि भएर उनि सबैलाई अनुशासित भई राम्रा कार्यक्रम गर्नु पर्छ भन्दै साथीहरुलाई प्रोत्साहन गर्दै आईरहेका छन्।

बि.स २०४२ सालमा स्थापित प्युठान नगरपालिका वार्ड न ७ भित्र पर्ने जनज्योति सामुदायिक विकास केन्द्र दशकौ देखि जिल्लाभर गरिबि निवारण, शिक्षा , स्वास्थ्य , खेलकुद ,महिला बालबालिका र सामाजिक विकास आदि क्षेत्रमा क्रियाशील संस्था मानिन्छ।।

Facebook Comments