October 20, 2021

जनकपुर आइपुग्यो नेपाली रेल

सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेको छ। नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो । रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ ।

सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियाे ।

Source: Nayapatrika

Facebook Comments