महिनावारीको बिषयमा खुलेर कुरा गर्दै प्यूठान

पढ़नेकुरा संवाददाता
प्यूठान,असोज ३
प्यूठान जिल्लाको टिकुरी समुदाय भित्र महिनावारीको बारे महिला पुरुष बीच खुलेरै कुराकानी चल्न थालेको छ । शनिवार जनज्योति सामुदायिक विकास केन्द्रको हलमा आयोजित संस्थाको साप्ताहिक अन्तरक्रियात्मक कार्यक्रममा उक्त कुरा चर्चामा आएको हो।
कोभिड -१९ को बखत देखि सुरु भएको समुदाय भित्रको अन्तरक्रियात्मक कार्यक्रममा समाज भित्र रहेका जल्दो बल्दो बिषय बस्तुहरु उठान गरि यसरि कार्यक्रम चल्दै आईरहेको जानकारी संस्थासदस्य श्यामा पण्डित ले दिनु भएको छ। आज आयोजित महिनावारी र प्रजनन स्वास्थ्य सम्बन्धित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि कौशल बैद्यले महिलाले खानु पर्ने पौष्टिक आहार र नेपाल सरकारका युवा लक्षित यौन स्वास्थ्य कार्यक्रमहरुको वारेमा जानकारी दिनु भएको थियो।

बिद्यार्थी ,अभिभाबक र शिक्षक हरु सबैको प्रतिनिधित्व हुने गरि राखिएको उक्त कार्यक्रममा महिनावारी चलेको बेला छात्राहरुको लागि स्कूलले उपलब्ध गराउने स्यानिटरी प्याड ,औषधि र बिद्यार्थी केयरको वारेमा सरकारी बिद्यालय (जनता माध्यमिक बिद्यालय)का प्रध्यानाद्यापक इन्द्र मणि पोख्रेलले बताउनु भएको थियो।
अभिभाबकको तर्फ वाट गंगा भट्ट र शिक्षक नमराज पोख्रेलले आफ्नो छोरीलाई महिनावारी भएको बेला पारिवारिक सदस्यले पुर्याउनु पर्ने ख्याल र शिक्षित व्यवहार को बारेमा प्रकाश पार्नु भयो । आफ्नो जमानामा र अहिलेको समयमा महिनावारीको बिषयमा समुदाय यसरि खुलेको देख्दा आफुलाई अत्यन्तै खुशी लागेको राय हजुर आमा समेत भैसक्नु भएकी जेष्ठ नागरिक सीता बैद्य राख्नु हुन्छ। समुदायमा आबद्द स्वास्थ्यकर्मी केशवती भट्टराई ले १५ -२० बर्ष अघि को आफ्नो समुदाय अहिलेको अवस्थासम्म आइ पुग्दा सोचाई र ब्यबहारमा धेरै परिवर्तन आई सकेता पनि अझै महिनावारीको बारेमा रहेका भर्म हरु हटाउन यस्ता कार्यक्रम जरुरि भएको धारणा राख्नु भएको छ ।

“घर र स्कुलमा महिनावारी हुनु पूर्वका महिनावारीका लक्ष्रणहरु ,अपनाउनु पर्ने सावधानी ,सम्बन्धि सम्पूर्ण ब्यबहारिक र शैदान्तिक जानकारी दिलाउन सके पहिलो महिनावारी हुने बेला किशोरीहरु आत्तिने र अताल्लिने समस्याबाट मुक्त हुन सक्छन् ”
कार्यक्रममा सहभागी मनोपरामर्शदाता शान्ति पण्डित बताउनु हुन्छ ।
समुदाय भित्र रहेका हरेक बिषय बस्तुलाई जस्ताको तस्तै अगाडि सारी सामुहिक छलफल बाटै समुदायको चेतना स्तरमा सुधार ल्याउने लक्ष्य सहित अघि बढेको जनज्योति मातहतको लर्निङ्ग फोरमको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा १० बर्ष देखि ५५ बर्ष सम्मका महिलाको सहभागिता रहेको थियो।
कार्यक्रम लाई सहजीकरण नर्स बिन्जना के सी , सनत खत्री ,अन्जान भट्ट मुना रिजाल र सुजाता पण्डित लगायतको जनज्योति लर्निङ्ग फोरमको टोलिले गरेको थियो।
