October 20, 2021

किसान सँग जोडिदै प्यूठानमा कृषिका बिद्यार्थीहरु

पढ़नेकुरा सम्बाददाता

अशोज १० ,प्यूठान

किसानहरु भन्छन् ;कृषि अर्थतन्त्र लाई उकास्न स्थानीय निकायले आफुहरु संग उचित समन्वय गर्नु पर्ने

कृषि क्षेत्रको विकास र किसानलाई उत्प्रेरित गर्ने हेतु प्युठानमा कृषि अध्ययनरत बिद्यार्थीहरु समुदाय स्तरिय कृषि कार्यक्रममा जुट्न थालेका छन्।आफुले सिकेको र जानेको कुरा प्युठानका किसानी दाजुभाई दिदि बहिनीहरुलाई बुझाउने योजना स्वरुप उनीहरु नयाँ नयाँ कार्यक्रममा ल्याई कृषि सम्बन्धि सामुदायिक कार्यक्रममा होमिएका हुन्।
प्यूठान जिल्लामा लामो समय देखि सामुदायिक विकासमा अग्रसर संस्था जनज्योति सामुदायिक बिकास केन्द्र मातहतको जनज्योति लर्निङ्ग फोरम मार्फत समुदाय भित्रका समस्या पहिचान गरि सामुदायिक अन्तरक्रिया मार्फत समाधानका उपायहरु खोज्ने प्रयास स्वरुप यो साता कृषक संग कृषिका कुरा राखिएको कार्यक्रम संयोजक अन्जन भट्टले बताउनु भएको छ।
माटोको उर्बरता र कृषि यान्त्रिकरण बिषयमा चलेको उक्त अन्तरक्रिया कार्यक्रममा लामो समय देखि ब्यबसायिक कृषि गर्दै आउनु भएका कृषक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्यूठानमा किसान हरुले कोभिड १९ को बखत आफ्ना उत्पादन हरु खेर गई लाखौ को नोक्सानी बेहोर्नु परेको तितो यथार्थलाई सुनाउदै सरोकारवाला हरुले अव उपरान्त यस्ता समस्याको तुरुन्त सम्बोधन गर्नुपर्ने माग राख्नु भएको थियो। जिल्लामा कोल्ड स्टोर नहुदा आफ्नो १० क्विन्टल काउली खेर गएको र १ रुपैया समेत भाउ नपरेको दुखेसो जिल्लाकै पुरानो टिकुरी निवासी कृषक सीता के सी ले बताउनु भएको छ। अर्का कृषक बिर बहादुर के सी ले सम्बन्धित सरोकारवालाले सहि किसान पहिचान नगरी हचुवाको भरमा कार्यक्रम सक्ने र सहि किसान सधै मर्कामा परेको आपत्ति जनाउनु भएको थियो ।
कृषि बिशेसज्ञ हरु संग कृषक हरुलाई सामेल गरि चलाइएको कार्यक्रममा धेरै किसानहरुले आफुले समयमै सूचना नपाउनु ,गुणस्तर र उचित मात्रामा बिउपल उपलब्ध नहुनु आफ्ना लाई सधै समस्या रहेको बताएका छन्।


कृषिमा भएका नयाँ उपलब्धि र कृषि बिज्ञान सम्बन्धि किसान हरुलाई जानकारी गराउने गरि आयोजना गरिएको कार्यक्रममा सहभागी महिला कृषक हरुले कृषि पेशामा लागि आफु आत्मनिर्भर हुने र आफ्ना इच्छा आकांक्षा पनि आफ्नै कमाईले पुरा गर्न सकिने अनुभव व्यक्त गरेका छन्


कृषि लाई मुख्य आय श्रोत बनाई आफ्नो ५ जनाको परिवारलाई सजिलै संग चलाउनु भएका अग्रज कृषक घनश्याम पोख्रेल नयाँ पिढी हरु हरुको अध्ययनको रोजाइ कृषि भएकोमा आफु खुशी हुनु भएको र आफ्नो छोरी समेत कृषि पढि राम्रो जागिर गर्दै गरेको कुरा अरुलाई बाड्नु भएको थियो। कृषिको मेहिनतले आफुलाई ताइवान भर्मर्णको अवसर समेत मिलेको र किसान बिच सधै स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने सुझाब सहभागी मध्यकै अग्रज भू पु शिक्षक किसान मिन बहादुर भट्टले राख्नु भएको थियो।

युवा उधमी रिता विस्टले सहभागी युवाहरुलाई रोजगारको श्रोत कृषि पशुपालन लाई भुल्न नहुने धारणा राख्नु भएको छ भने सबै सहभागीहरुले स्थानीय निकायले किसानको लागि विनियोजित रकमलाई सहि परिचालन हुन नसके किसानको आवाज भारी पर्ने धारणा समेत राक्नु भएको छ।
कार्यक्रमलाई सहजीकरण काठमाडौँ हिकास्ट क्याम्पस र पक्लिहवा कृषि क्याम्पसमा यअध्यनरत बिद्यार्थी हरु सनत खत्री,सुजाता पण्डित र ब्यबस्थापन बिषय अध्यनरत छात्रा मुना रिजाल ले गर्नु भएको थियो।

जनज्योति लर्निङ्ग फोरमले यस अघि आफ्नो समुदाय स्तरमा शिक्षा , स्वास्थ्य ,आत्महत्या रोकथाम , महिनावारी तथा स्वास्थ्य प्रजनन , युवा तथा महिला नेतृत्वदायी तालिम दिदै आईरहेको छ।

Facebook Comments