प्रदेश ५ को स्थायी राजधानी दाङ्गको देउखुरी

प्रदेश ५ को नामाकरण ” लुम्बिनी प्रदेश ” र राजधानी ” राप्ती उपत्यका ” लाई छनोट

२० असोज, काठमाडौं ।

पढ़नेकुरा सम्वाददाता

प्रदेश ५ को र स्थायी राजधानी दाङ्गको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

कुल ८७ संसद रहेको प्रदेश ५ मा मंगलवार भएको उक्त मतदानमा जम्मा ८२ जनाको मतदान परेको थियो । राजधानी दाङ्ग हुनु पर्ने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको छ ।प्राकृतिक न्यायको सिद्धान्त र साझा मनोविज्ञान सिद्धान्तको आधारमा प्रदेश -५ को नामाकरण ” लुम्बिनी प्रदेश ” र राजधानी अर्घाखाची जोड्ने गरि ” राप्ती उपत्यका ” लाई छनोट गरिएको हो।

Facebook Comments