लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान प्युठानमा

पढ़नेकुरा
नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर मनाउदै आईरहेको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान प्युठानमा पनि उत्त्साहजनक सहभागितामा सम्पन्न भएको छ।
प्युठान नगरपालिका वार्ड न ७ का युवाहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वाल, युवा समूह देखि आमा समूह सम्मको उच्च सक्रियता रहेको थियो। विश्वभर मनाइने हरेक दिवस लाई एक सुनौलो अवसर र सामाजिक उत्प्रेरणाको रुपमा लिने पुन्यखोला टिकुरीका युवाहरुलाई जिल्लाकै उत्कृस्ट सामाजिक संस्था जनज्योति सामुदायिक बिकाश केन्द्रले साथ दिएको छ ।
घर परिवार, टोल छिमेकमा हुने सबै खाले लैंगिक हिंसा विरुद्ध नडराई आफ्नै आवाज उठाउनु पर्ने र हिंसाको प्रकृति अनुसार कानुनी उपचार खोज्नु पर्ने सल्लाह कार्यक्रमका बक्ताहरुको रहेको छ। प्युठानका सबै सामाजिक संघ संस्था सधै समाजमा हुने दमन र अराजकताका विरुद्ध रहेको कुरा समापन कार्यक्रमका अधक्ष संजय रिजालले बताउनु भएको छ। त्यस्तै कार्यक्रममा संस्थाका उपाधक्षद्वय किरण के सी, बिद्यार्थीहरुको तर्फवाट सुजाता पण्डित ,महिला अधिकारकर्मी राधिका के सी, सीता के सी, मनोपरामर्शदाता शान्ति पण्डित र रास्ट्रिय खेलकुद परिषदका प्रशिक्षक प्रनिर अधिकारीले लैंगिक हिंसा उन्मुलन गर्न आफुले अपनाउनु पर्ने सावधानी र आफ्नो अधिकार सम्बन्धि जान्नुपर्ने ज्ञानको बारेमा प्रकाश पार्नु भएको थियो ।
पुन्यखोला टिकुरी हुदै प्युठानको बाग्दुला बजार परिक्रमा गरि टिकुरी नयाँ बसपार्कमा सभामा परिणत् भएको र्यालीलाई नेपाल प्रहरी,प्युठान बाग्दुला शाखाले हार्दिकताका साथ सहयोग गरेको थियो।
उक्त कार्यक्रमको खाका जनज्योति लनिङ्ग फोरमले गरेको हो। जनज्योति क्लबको बिबिध युवा केन्द्रित कार्यक्रमहरुले जिल्लाको रौनक बदलेको अनुभब शिक्षिका श्यामा पोख्रेल र वार्ड अधक्ष नेत्र के सी ले पढ़नेकुरा डटकम लाई बताउनु भएको छ।