थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२५ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ३३९ जनामा संक्रमण देखिएको छ ।५ हजार ५० नमुनाको पीसीआर विधि र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताँउनुभएको छ ।।२४ घण्टामा ४ हजार १ सय पीसीआर र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गरिएको छ। पीसीआरबाट परीक्षण गर्दा २९८ जना र एन्टीजेनबाट ४१ जनामा संक्रमण पुष्टि भएको गौतमले बताँउनु भएको छ ।आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा १३२, ललितपुरमा २३ र भक्तपुरमा ५ गरी कुल १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

आज देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना छन् । ६५ जना आईसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ६५ क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको उहाँले बताउँनुभयो । हालसम्मको कोरोना संक्रमणबाट मुक्त हुने दर ९८ दशमलव १ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउँनुभयो ।

Facebook Comments