कसले जित्ला वर्ष २०२१ को ओस्कार अवार्ड ?

काठमाडौँ । ‘नोम्याडल्यान्ड’, ‘द फादर’, ‘म्यांक ‘, ‘प्रमिसिङ योङ वुमन’, ‘द ट्रायल अफ सिकागो सेभेन’ अप्रिल २५ मा हुने ओस्कार अवार्डको सबैभन्दा धेरै विधामा मनोनित हुने फिल्महरु हुन् । हालै एकेडेमीले २३ विधामा मनोनयन सूची सार्वजनिक गरेको छ । गत वर्ष प्यारासाइटले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । यो वर्ष कुन फिल्मले पाउला त ओस्कार  ?

हलिउड रिपोर्टरका स्कट फिन्वर्ग(अवार्ड विशेषज्ञ) र डेभिड रुनी(फिल्म समीक्षक)ले गरेका अनुमान यस्ता छन् :

उत्कृष्ट फिल्म

यो वर्ष ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने दाबेदार फिल्म हो ‘नोम्याडल्यान्ड’ । क्लोई चाउ निर्देशित फिल्मले गोल्डेन ग्लोब्स, बाफ्टालगायत निर्माता/निर्देशकको गिल्ड्सबाट अवार्डदेखि प्रशंसा बटुलिसकेको छ । फिल्ममा अमेरिकाको महामन्दीमा आफ्नो सबै कुरा गुमाएकी ६० वर्षीया महिलाले भ्यान ड्वेलिङमा कसरी यात्रा गर्छिन् भन्ने देखाइएको छ । यही विधामा ‘मिनारी’ले पनि अवार्ड जित्न सक्ने प्रवल सम्भावना छ । यजङ उङ निर्देशित फिल्मले युवा कोरियन आप्रवासी परिवारको अमेरिकन ड्रिमको कथा समावेश गरिएको छ । यो विधामा ‘नोम्याडल्यान्ड’सँगै ‘द फादर’, ‘जुडस एण्ड द ब्ल्याक मसाया’, ‘म्यांक’, ‘मिनारी’, ‘प्रमिसिङ योङ वुमन’, ‘साउन्ड अफ मेटल’, ‘द ट्रायल अफ सिकागो सेभेन’ मनोनित छन् ।

उत्कृष्ट निर्देशक

यो विधामा थमस भिन्टरवर्ग (एनोदर राउन्ड), डेभिड फिन्चर (म्यांक), ली आइज्याक चङ (मिनारी), क्लोई चाउ (नोम्याडल्यान्ड), एमेरेल्ड फिनाल (प्रमिसिङ यङ वुमन) मनोनित छन् । तर यो वर्ष यो विधाको अवार्ड क्लोईकै भागमा पर्ने देखिन्छ । उनले यो अवार्ड जितिन् भने उनी यो विधामा अवार्ड जित्ने दोस्रो महिला हुनेछिन् र रंगको हिसाबले पहिलो । यो वर्ष महिलाहरुले दिएको उत्कृष्ट कामहरुमध्ये धेरैले क्लोईको कामलाई नै विशेष मान्दै आएका छन् ।

उत्कृष्ट अभिनेता

एन्थनी हप्किन्स(द फादर) र ग्यारी वल्डमेन(म्यांक)ले पहिल्यै ओस्कार जितिसके । ‘साउन्ड अफ मेटल’का रिज अहमद र मिनारीका स्टिभन यङले यो वर्ष अवार्ड पाउने सम्भावना कम छ । उत्कृष्ट अभिनेताको यो अवार्ड ‘मा रेनिज ब्ल्याक बटम’बाट चाडविकले नै जित्ने सम्भावना छ । गत अगस्टमा निधन भएका कलाकारले यो फिल्ममा गरेको अभिनयको सबैले तारिफ गरेका छन् । छोटो समयको फिल्म करियरमा उनले पाएको उपलब्धिका लागि यो अवार्डका लागि उनी योग्य छन् ।

उत्कृष्ट अभिनेत्री

‘पिसेस अफ अ वुमन’बाट यो वर्ष अभिनेत्री भेनेसा कर्बीले भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्री (भल्पी कप)को अवार्ड उचालिन् । त्यस्तै ‘द युनाइटेड भर्सेस बिल्ली हलिडे’बाट एन्ड्र डेले गोल्डेन ग्लोबको अवार्ड जितिन् भने ‘प्रमिसिङ यङ वुमन’बाट केरी मलिगनले क्रटिक्स च्वाइस प्राप्त गरिन् । ‘मा रेनिज ब्ल्याक बटम’का लागि भायोला डेभिसले स्क्रिन एक्टर गिल्ड अवार्ड जित्दा फ्रान्सेस म्याकडोरमेन्डले ‘नोम्याडल्यान्ड’बाट बाफ्टाको अवार्ड उचालिन् । यो विधाका लागि यी चारजना अभिनेत्री नै योग्य छन् । मलिगन यो विधामा अलि बढी सम्भावना बोकेकी अभिनेत्री हुन् ।

उत्कृष्ट सह-अभिनेता

तीन पटक ओस्कारको मनोनयमा परेका ड्यानियल कलुइया यो विधाको अवार्ड जित्ने दाबेदार कलाकार हुन् । यो विधामा कलुइयासँगै सासा ब्यारेन कोहेन (ट्रायल अफ सिकागो सेभेन) लेज्ली ओडम जुनियर (वान नाइट इन मयामी) लकिथ स्ट्यान्डफिल्ड (जुडस एण्ड दि ब्ल्याक मसाया) र पल रासी (साउन्ड अफ मेटल) मनोनित छन् ।

उत्कृष्ट सह-अभिनेत्री

यो विधामा मरिया बकालोभा (बोराट सब्सिक्वेन्ट), ग्लेन क्लोज (हिलिबिली एलिजी), ओलिभिया कोलम्यान (द फादर), अमान्डा साइफ्रड (म्यांक), यजङ उङ (मिनारी) मनोनित छन् । अमान्डा, मरिया, ओलिभिया र यजङ उङ पहिलोपटक ओस्कारमा मनोनयनमा परेका कलाकारहरु हुन् । स्क्रिन एक्टर गिल्ड र बाफ्टाबाट प्राप्त अवार्डले यजङले नै यो विधामा जित हासिल गर्ने देखाउँछ ।

उत्कृष्ट एडप्टेड स्क्रिनप्ले

धैरेले ‘वान नाइट इन मयामी’ नाटकको रुपमा लेखिएको बताउँछन् । ‘बोराट सब्सिक्वेन्ट मुभी’मा धेरै इम्प्रोभाइज्ड गरिएको भन्ने चर्चा भएको छ । बाफ्टा जितिसकेको ‘द फादर’ले यो विधामा अवार्ड जित्ने सम्भावना छ । नोम्याडल्यान्डले पनि यो विधाको अवार्ड कब्जा गर्न सक्छ । ‘वान नाइट इन मयामी’बाट ‘केम्प पावर्स’ पनि यो विधाको अवार्डका हकदार हुन् । यो विधामा ‘द ह्वाइट टाइगर’बाट रमिन बरानी पनि मनोनयनमा परेका छन् ।

उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म

यो विधामा एनोदर राउन्ड (डेनमार्क), बेटर डेज (हङकङ), कलेक्टिभ (रोमानिया), द म्यान हु सोल्ड हिज स्किन (ट्युनिसिया), को वाडिस, आइडा (बोस्निया एण्ड हर्जगोभिना) मनोनित छन् । पाँच प्रतिस्पर्धीमा धेरैले ‘एनोदर राउन्ड’लाई यो विधाको दाबेदार मान्छन् । एनोदर राउन्डले यो विधामा अवार्ड जिते डेनमार्कका लागि यो चौथो ओस्कार हुनेछ ।

एनिमेटेड फिचर फिल्म : सोल

सिनेम्याटोग्राफी : नोम्याडल्यान्ड

कस्ट्युम डिजाइन : मा रेनिज ब्ल्याक बटम

फिल्म सम्पादन : द ट्रायल अफ द सिकागो सेभेन

प्रोडक्सन डिजाइन : म्यांक

मेकअप एण्ड हेयर स्टाइलिङ : मा रेनिज ब्ल्याक बटम

संगीत : सोल

गीत : ईयो सी (सीन) (द लाइफ अहेड)

ध्वनी : साउन्ड अफ मेटल

भिजुअल इफेक्ट्स : टेनेट

सर्ट फिल्म (एनिमेटेड) : इफ एनिथिङ ह्यापेन्स आइ लभ यु

सर्ट फिल्म (लाइभ एक्सन) : द टु डिस्टेन्ट स्ट्रेन्जर्स

स्रोत : कान्तिपुर अनलाइन

Facebook Comments

You may have missed