आज देशभर थप ४ हजार ९ सय २८ कोरोना संक्रमित

१६, बैशाख, काठमाडौं । आज देशभर ४ हजार ९ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाका पिसिआर र ९ सय६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा  ४ हजार ९ सय २८ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख १७  हजार ५ सय ३०  पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३४ हजार १ सय १७  पुगेको छ। आज देशभर ८ सय ८८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८० हजार १ सय ६७ संक्रमित निको भइसकेका छन्। देशभर ५९ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

facebook sharing button

Facebook Comments

You may have missed