नेपालमा हालसम्मकै बढी संक्रमित थपिए, एकैदिन ७ हजार २ सय ११ जनामा संक्रमण

१९ वैशाख, काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। 

१६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। 

कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

facebook sharing button
twitter sharing button
sharethis sharing button
Facebook Comments

You may have missed