आज नेपालमा थप ७ हजार ६ सय ६० जनामा संक्रमण,५५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७ सय ७५ रहेको छ ।

मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २ सय ७८ जना रहेका छन् ।मंगलबार ६ सय १६ जना आईसीयूमा र १ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । जसमध्ये २ लाख ८७  हजार ७ सय ९० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणबाट ३ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
Facebook Comments

You may have missed