पढ़नेकुरा सम्वाददाता ,सानोठिमी ,भक्तपुर
रास्ट्रिय परिक्षा बोर्डले यस बर्षको एसइई परिक्षा केन्द्रलाई अझ बढि मर्यादित र व्यवस्थित गराउदै लैजाने उदेश्यले देशभरका सबै परिक्षा केन्द्रहरुलाई निश्चित मापदण्ड र निगरानीमा राखी परिक्षा संचालन गराउन सुल्झाएको छ।
बोर्डले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई माघ २ गते पत्र निकाली सो अनुरोध गरेको हो।
विगतका बर्षहरुमा परिक्षा केन्द्र निर्धारण , केन्द्रमा हाजिरी ,उत्तर पुस्तिका व्यवस्थापन लगायतका बिषयमा भएको त्रुटीका कारण नतिजा प्रकाशनमा कठिनाई हुनु को साथै केहि विद्यार्थीहरुको नतिजा समेत स्थगित हुन गएको हुदाँ यस बर्ष माध्यमिक शिक्षा उत्रिर्ण परिक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधन सहित ) मा भएका व्यवस्थाहरुलाई कडाईका साथ लागु गर्न गराउनु हुन तथा पत्रमा भए अनुसार परिक्षा केन्द्र निर्धारण गर्न गराउनु हुन बोर्डको अनुरोध रहेको छ।
बिस्तृत विवरण पत्रमा हेर्नु होस्