शंकर देव क्याम्पस प्रमुखको रुपमा प्रा. श्री केशवराज जोशी

२६ असार, काठमाडौं, पढ़नेकुरा सम्बाददाता

त्रिभुवन बिश्वबिध्यालयको आंगिक क्याम्पस शंकर देव क्याम्पसले नयाँ क्याम्पस प्रमुख पाएको छ। नयाँ क्याम्पस प्रमुखको रुपमा प्रा.डा. श्री केशवराज जोशीले २०७७,असार २६ गते देखि पद सम्हाल्नु भएको हो।

नव नियुक्त क्याम्पस प्रमुखलाई आज एक कार्यक्रममा बिचमा निबर्तमान क्याम्पस प्रमुख ,प्राध्यापकहरु, क्याम्पस कर्मचारीका साथै बिद्यार्थी नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

Facebook Comments