समुदायको उच्च ख्याल राख्दै, प्युठानमा जनज्योति क्लब

पढ़नेकुरा संवाददाता

प्यूठान, २५ भाद्र

विश्व आत्महत्या रोकथाम दिवस (September 10) को अवसरमा प्यूठान जिल्लामा “आत्महत्या रोकथाम बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरिएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य ,बाचे संसार जितिन्छ भन्ने मूल सन्देशका साथ् जिल्लाको अग्रणी सामाजिक संस्था जनज्योति सामुदायिक बिकाश केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।


कोभिड- १९ को कारण आफ्ना समुदाय भित्रका बालबालिका ,युवा ,बिद्यार्थी एबम अभिभाबक कसैलाई पनि एक्लो र दिक्दारी महशुस नहोस भनि कोभिडको लहर संगै उक्त संस्थाले लगातार जिल्लाब्यापी उपलब्धिमुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ। सकारात्मक सोचको विकास संगै कुनै पनि व्यक्तिले आफु,आफ्नो परिवार ,साथीभाई ,नातागोता र समाजको समेत ख्याल गरिदिने हो भने आत्महत्या रोकथाममा एकदम सहज हुने जिकिर बक्ताहरुको पाइएको छ । कार्यक्रममा आत्महत्याका कारण ,लक्ष्रण र रोकथामका उपायहरु बारे मनोपरामार्श दाता शान्ति पण्डित ले परिक्ष्रण दिनुभएको थियो भने अन्तरक्रियामा सहभागीहरुले आफुलाई लागेको र देखेको कुरा व्यक्त गरेका थिए।

हालको तथ्यांक अनुसार प्रदेश नम्बर ५ मा सबै भन्दा आत्महत्या धेरै हुने जिल्लामा प्यूठान पर्नु दुखद पक्ष रहेको भन्दै अव जिल्लाका हरेक समुदाय सक्रिय भै रोकथाममा लाग्नु पर्ने आयोजक संस्थाका अधक्ष संजय रिजाल बताउनु हुन्छ

समुदायभित्रका यस्ता संदेश मुलक कार्यक्रममा सामेल हुन पाउनु स्थानीय निकायको लागि अत्यन्तै खुशी र सुखद पक्ष रहेको कुरा वार्ड प्रतिनिधि बिन्दु परियारले पढ्ने कुरा लाई बताउनु भएको छ।
कार्यक्रमलाई सहजीकरण युवा अभियन्ता यादव कुमार पण्डितले गर्नु भएको थियो । करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षक, बिद्यार्थी ,ब्यबसायी,सामाजिक अभियन्ता आदिको सहभागिता रहेको थियो।

जनज्योति क्लब टिकुरी,प्युठानमा विश्व आत्महत्या रोकथाम दिवस बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हरु


जनज्योति लर्निङ्ग फोरमको गठन
जनज्योति सामुदायिक बिकाश केन्द्रले लक डाउन को कारण घरमै बसेका बिद्यार्थीहरु लाभान्वित हुने गरि व्यक्तित्व विकास , युवा सहभागिता, क्षमता अभिबृदी, साहित्य मनोरंजन र पुरुष महिला खेलकुदलाई समेत उत्तिकै बढवा दिने भएको छ । संस्थाले काठमान्डौ बिश्वबिध्यालयमा इञ्जिनियरिङ्ग बिषय अध्यनरत अन्जन भट्टको संयोजकत्वमा ६ सदस्यीय जनज्योति लर्निङ्ग फोरम समेत गठन गरेको छ। सदस्यहरुमा सुजाता पण्डित ,बिन्जना के सी ,मुना रिजाल ,श्रीस्ट्री पोख्रेल र सरोज रिजाल रहनु भएको छ।

Facebook Comments