दुखःमा आफ्नोपन बाड्दै “युनाइटेड प्यूठानी “

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !
हुनलाई आजकल समय त्यति राम्रो चलेको मानिदैन कोभिड-१९ को कारण मान्छेका दैनिक जिवनी, पठाई होस् या व्यवसाय प्राय अस्तव्यस्तनै भएका छन् । आफ्नै बारेमा सोच्न पनि कठिन परिस्थिति छ तर जस्तोसुकै प्रतिकुल वातावरणमा पनि आफु बिचलित नभई अघि बढ्ने प्यूठानी युवाहरुले बहन गरेको यो सामाजिक उत्तरदायित्व धेरैनै प्रशंसनीय मानिन्छ।
मंसिर ११ गते प्युठान ऎरावती गाउपालिका ६ बिजुली बासडाडाका बुबा केसब बिक र छोरा सुरेस बिक रोजगारी को सिलसिला मा भारत जाने क्रममा प्युठान जिल्ला सदरमुकाम मा हर्ट अट्याक का कारण बुबा केसब बिक को बाटो मै मृत्यु भयो र उनको मृत्यु को दोस्रो दिन १२ गते रातको १ बजे बिजुली सर्ट भएर घर आगलागी हुनु का साथै सम्पुर्ण सामान पुर्ण रुपमा खरानी भएको हुदा छोरा सुरेस बिक को लागि प्युठानका नेपाल स्वतन्त्र युवा समाज का संयोजक जिबन खनालको नेतृत्वमा आर्थिक संकलन गरि मंसिर १६ गते पिडित बिक को घर मा पुगि रु १५२७५ (पन्ध्र हजार दुई सय पचहत्तर) र २५ किलो चामल, ३ लिटर तेल र २ किलो नुन हस्तान्तरण गरिएको छ ।
“जिल्लामा आइपर्ने बिपत्त लाई आफुले मुखदर्शक भएर हेर्न नसक्ने हुदा थोरै भएपनि आफ्नो तर्फ़ वाट सहयोग जुटाउन सधै प्रेरित हुने गर्छौ” युनाइटेड प्यूठानी नामक सामाजिक संजाल मार्फत जिल्लाको हितमा लागिपरेका स्वतन्त्र युवा समाजका संयोजक बताउछन। सहयोग गर्न आफु संग धन नभएपनि मन भए धन जुटाउन सकिन्छ,समाज स्वार्थी हुदै गएकोमा उनि चित्त दुखाउछनं भन्छन् , दुखमा सहयोग गर्न सक्नु आफ्नो महानता हो, गर्नु पर्छ ।आफ्नो जिल्लाको लागि सधै निस्वार्थ भई लागि पर्छौ।