मंसिर १०, प्युठान नगरपालिका
प्युठान जिल्ला लक्षित गरि बाहिरी जिल्लाबाट ल्याई छाडिदिएका हिंसक तथा घर छोडुवा भुस्या कुकुरहरुको सास्तीले प्युठान नगरपालिका भित्रका बस्तीहरुमा रात्रि तथा दिवाकालिन जनजिवन कष्टदायी बन्दै स्कुले बालबालिका समेत जोखिममा परेका छन् ।
रातीको समय पारी अन्यत्र जिल्लाबाट प्युठान लक्षित गरी घर छोडुवा कुकुर छाडिदिने अनैतिक कार्यमा को र कहाँका लागि परिरहेका छन् यो भने अनुसन्धानकै पाटो रहेको छ। हरेक साल कम्तिमा पनि ४०/५० वटा नयाँ हिंसक खाले कुकुरहरु पालिकाको ७ नम्वर वडामा मात्र देखिने गर्दछन। त्यस्तो त जिल्लाभरको अवस्था के भएको होला सहजै अनुमान गर्न सकिन्छ।
बर्ष बर्षमा थप बच्चा जन्माउने, घर घेर्ने तथा फोहर बढाई दिक्दारी बढाउने गरेकाले टोल्बासी सास्तीमा परिरहेको हुँदा नगरपालिकाले छुटकारा दिनुपर्ने बताउछन्। अभिभावक भने आफ्ना स्कुले बालबालिका असुरक्षित भएको चाल पाउँदा चिन्तामा रहि आएका छन् । साथै ठुलो समुहमा आई किसानको खेतिबाली समेत खुरुली खेलेर ध्वस्त पारिरहेको गुनासो प्यु न पा ७ का कृषक घनश्याम पोख्रेल, अमृता पण्डित बताउनु हुन्छ। कुकुरकै डरले लामो समय सम्म आफ्ना केटाकेटीलाई बाहिरि बातावरणमा खेलाउन नपाउदा उनीहरुको खेल्न रम्न पाउने अधिकार पनि खोसिएको कुरा पालिका भित्रका अभिभावकहरुको रहेको छ।। ट्राफिक प्रहरी कार्यालय प्युठानका अनुसार यी कुकुरहरुले पटक पटक बाटोमा सवारी दुर्घटना समेत गराउने गरेका छन्। तसर्थ छाडा कुकुरले निम्ताएको समस्याको समाधानका उपाए तिर सरोकारवालाहरुको अभिलम्भ ध्यान जानू जरुरी छ।
कुकुरको संख्या रोक्न जिल्लामा भेसेक्टोमी अभियान चलाईनु पर्ने
यसरि दिन प्रतिदिन कुकुरहरुको संख्या बढ्दै जानेहो भने नगरपालिका र समग्र जिल्लाको जनजीवन असहज हुने ,भाबी दिनहरुमा थेग्न नसकिने जेष्ठ नागरिक तथा स्कुले बालबालिकालाई सधै भयको बातावरण सिर्जना हुनेहुदा पशुसेवाकेन्द्रको क्षमता र दक्षता बढाई काम गर्न जरुरी छ।
।