राप्ति इञ्जिनियरिङ्ग कलेजमा स्नातक तहका बिषयहरुमा अध्ययनको लागि केहि सिट खाली

घोराही ,दाङ्ग

पोखरा विश्वविधालयद्वारा सम्वन्धन प्राप्त लुम्बिनी प्रदेश दाङ्ग घोराहीमा अवस्थित राप्ति इञ्जिनियरिङ्ग कलेजमा स्नातक तहमा इञ्जिनियरिङ्ग र व्यवस्थापन संकाय तर्फका बिषयहरुमा अध्ययनको लागि केहि सिट खाली रहेकोले समयमै भर्ना प्रक्रियामा आउन नसकेका बिद्यार्थीहरुको लागि यो सुचना जारी गरिएको छ ।
स्थापना बर्षमै इञ्जिनियरिङ्ग संकाय तर्फ पोखरा विश्वविधालय प्रथम हुन सकेको राप्ति इञ्जिनियरिङ्ग कलेज, घोराहीले गुणस्तरीय शिक्षा र नतिजा मार्फत आफ्नो बेग्लै पहिचान बनाउदै आईरहेको छ।


विद्यार्थीको चौतर्फी विकासको लागि इन हाउस पब्लिकेशन , सुचना प्रविधिको नविनतम प्रयोग र रिसर्चमा ध्यान पुर्‍याउदै आईरहेको कलेजले २०१४- १७ बि.सी. ए. प्रोग्राम मा समेत गोल्ड मेडल हासिल गरेको थियो। कलेजले विद्यार्थीको भविष्यको लागि गर्ने मेहेनत र सहकार्य सधै सराहनीय हुने यहाँ अध्ययन पुरा गरेका बिद्यार्थीहरु बताउछन्।
कलेजले यसै बर्ष देखि बिबिए कार्यक्रम भव्यताका साथ् सुरुवात गरेको छ।
विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृतिको समेत व्यवस्था रहेको राप्ति इञ्जिनियरिङ्ग कलेज, घोराहीले जनाएको छ।