पौष ५, काठमाडौ
काठमाडौको कलन्कीमा रहेको लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्राप्त गरेको छ ।
शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको आइसिटी अवार्ड २०२४ ग्राण्ड फिनाले कार्यक्रममा काठमाडौंको एलआरआई स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।
सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका देशभरका निजी क्षेत्रका स्कुलहरुलाई प्रतिस्पर्धामा उतारी हरेक बर्ष यो अवार्ड प्रदान गरिन्छ ।
सोहि अनुरुप यो वर्ष प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएको एलआरआई स्कुलले डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड पाएको हो ।
अत्याधुनिक कम्प्युटर ल्याब, एआई एण्ड रोबोटिक्स ल्याब रहेको विद्यालयले कोडिङ, एआई, रोबोटिक्स, साइबर सेक्युरिटी, ग्राफिक डिजाइनिङ लगायतका अतिरिक्त टेक्निकल बिषयहरु समेत पढाउँदै आएको छ ।
सफ्टवेयरतर्फ स्कुलमा एलआरआई मोबाइल एप, अफिस ३६०, क्यान्भा, कुमोन एप, आईड्रो, ई-पुस्तकालय लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रयोग गरिएको पाईएको छ।
स्कुलमा कक्षा ११ र १२ मा बिज्ञान , ब्यवस्थापन र ल बिषय पढाई हुने गर्दछ। अन्तर्राष्ट्रिय स्तरका अन्य स्कुल र विश्वबिधालयहरु सङ पनि उत्तिकै सहकार्य गर्दै अघि बढिरहेको एल आर आई यस बर्षको आईसिटि अवार्ड्बाट सम्मानित हुनुको स्र्हे आफ्ना अभिभावक र शुभचिन्तकहरुलाई रहेको बिद्यालय प्रशासन प्रमुख दिपक जोशी बताउनु हुन्छ।
अवार्ड कार्यक्रममा बिधालयका प्रीन्सिपल देव कान्त जोशी, विधालय निर्देशक रेखा पन्त, प्र.प दिपक जोशी को उपस्थिति रहेको थियो।
आईसिटी अवार्ड प्रतिस्पर्धाको लागि विधालयको डकुमेन्टेसन र आन्तरिक ब्यवस्थापन भने आईटि अफिसर रमेश जोशीको रहेको थियो।