काठमाडौं मोडल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन (IJCC 2026) हुने, कार्यपत्र आह्वान

मङ्सिर १८ ,काठमाडौँ

काठमाडौं मोडल कलेज (KMC) ले नेपाल खुल्ला विश्वविद्यालय (NOU) सहितको सहकार्यमा “12th International Joint Conference on Convergence (IJCC 2026)” आयोजना गर्ने भएको छ। फेब्रुअरी ३ – ६,  २०२६ मा हुने यो अन्तर्राष्ट्रिय सम्मेलन शैक्षिक अनुसन्धान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाललाई विश्व मञ्चमा थप सुदृढ रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

स्मार्ट र दिगो भविष्यका लागि प्रविधि— सम्मेलनको मुख्य विषयवस्तु

यो संस्करणको सम्मेलन “Advanced and Applied Convergence for a Smarter, Sustainable Future” विषयवस्तुमा आधारित रहनेछ। विश्वभरका अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगविद् तथा युवा नवप्रवर्तकहरूले बहुविषयक तथा Convergence Technology क्षेत्रमा गरिएका नवीनतम अनुसन्धान प्रस्तुत गर्नेछन्।

यस सम्मेलनलाई कोरियाका प्रतिष्ठित संस्थाहरू—International Institute of Business Convergence (IIBC), International Promotion Agency of Culture Technology (IPACT), Knowledge Forest, र Visual Information Design Association of Korea (VIDAK)—को साथमा सञ्चालन गर्न लागिएको हो।

आन्तरिक गुणस्तर प्रत्याभूति प्रमुख ध्रुव प्रसाद तिमल्सेनाका अनुसार, यो सम्मेलन नेपालमा शैक्षिक अनुसन्धान तथा प्रविधि–नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण आधार बन्नेछ र अन्तर्राष्ट्रिय समुदायसँग ज्ञान आदान–प्रदान तथा सहकार्यका नयाँ अवसरहरू खोल्नेछ। काठमाडौं मोडेल कलेजका RMC प्रमुख उज्ज्वल भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय स्तरको यस्तो सम्मेलन आयोजना हुनु युवा अनुसन्धानकर्ता, नवप्रवर्तक तथा सम्पूर्ण शैक्षिक क्षेत्रका लागि अत्यन्त उत्साहजनक र सम्भावनायुक्त अवसर हुने जानकारी दिनुभयो।

कार्यपत्रका लागि आह्वान (Call for Papers)

IJCC 2026 ले संयोजित र बहुविषयक प्रविधि क्षेत्रहरूमा आधारित मौलिक, नवीन र उच्च गुणस्तरका अनुसन्धानपत्रहरू आमन्त्रण गरेको छ।

  • सम्मेलनले विशेषतः समसामयिक र भविष्यमुखी विषयवस्तुहरूलाई प्राथमिकता दिएको छ, जसमा कृत्रिम बुद्धिमत्ता (AI) र मशीन लर्निङ, मानव–मेसिन अन्तरक्रिया, क्वान्टम कम्प्युटिङ र उदाउँदो क्वान्टम प्रविधिहरू, बायोमेडिकल तथा स्वास्थ्यसम्बन्धी नवप्रवर्तन, पर्यावरणीय एआई र दिगोपनामा आधारित प्रविधि, दूरसञ्चार, नेटवर्क तथा सूचना प्रविधि, सांस्कृतिक तथा क्रिएटिभ कन्भर्जेन्स, तथा उद्योग, प्रविधि र उत्पादन क्षेत्रमा देखा परेका उदीयमान प्रविधिहरू जस्ता प्रमुख क्षेत्रहरू समावेश छन्।

यसका अतिरिक्त, प्रविधि–सम्बद्ध अन्य नवीनतम विषयमा आधारित अनुसन्धानहरूलाई पनि समान रूपमा स्वागत गरिने आयोजकले जनाएको छ। अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगविद्, साथै स्नातकोत्तर, दर्शानाचार्य तथा विद्यावारिधि स्तरका विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि विशेष आह्वान गरिएको छ।

प्रकाशनका अवसर

सम्मेलनका लागि प्राप्त स्वीकृत शोधपत्रहरू कोरियाली मानकका प्रतिष्ठित जर्नल तथा Proceedings of AACL, IJIBC, IJASC र IJACT —मा प्रकाशनका लागि योग्य मानिने सम्मेलन आयोजक समितिले जनाएको छ। तीमध्ये उत्कृष्ट ठहरिएका शोधपत्रहरूलाई SCOPUS वा SCI(E) सूचीकृत जर्नलहरूमा प्रकाशनका लागि सिफारिस गरिनेछ, जसले अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कार्य पहिचान गराउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

आयोजकका अनुसार शोधपत्र पठाउने अन्तिम मिति १५ डिसेम्बर २०२५ तोकिएको छ। इच्छुक अनुसन्धानकर्ताहरूले आफ्ना शोधपत्रहरू निम्न Paper Submission Portal मार्फत पठाउन सक्नेछन्:
�� http://eng.iibc.kr/iconf/ijcc2026/

त्यसैगरी सम्मेलनसम्बन्धी विस्तृत जानकारी, दिशानिर्देश र कार्यक्रमसूची निम्न आधिकारिक साइटबाट हेर्न सकिन्छ:
�� http://eng.iibc.kr/iconf/ijcc2026/index.php

थप जानकारीको लागि यो सुचना हेर्नुहोस् :