राप्ति इञ्जिनियरिङ्ग कलेजमा B.E. BBA, र BCA कार्यक्रमका केहि सिटमा भर्ना सुरक्षित

घोराही, दाङ्ग

पोखरा विश्वविधालयको सम्वन्धनमा स्नातक तहमा इञ्जिनियरिङ्ग ,व्यवस्थापन र विज्ञान तथा प्रविधि संकायका विषयहरु अध्यापन गराउदै आईरहेको राप्ति इञ्जिनियरिङ्ग कलेज घोराही दाङ्गमा शैक्षिक सत्र २०८२ को लागि BE Civil, BE Computer, BE Information and Communication, BBA,BCA बिषयहरुका केहि सिटमा भर्ना सुरक्षित रहेको छ।

शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्नाको धेरै काम सकिएको भएता पनि केहि सिटमा छात्रवृति सहित भर्ना हुन सकिने जानकारी क्याम्पस प्रमुख रेशम गिरिले बताउनु भएको छ।
सुचना र प्रविधिलाई आत्मसाथ गर्दै पोखरा विश्वविधालयका कार्यक्रमहरुमा गोल्ड मेडलको उपाधि समेत ल्याउन सफल भैरहेको यस कलेज लुम्बिनी प्रदेशमा इञ्जिनियरिङ्ग तथा व्यवस्थापन विषय अध्ययनको लागि बिद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ ।
कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीहरुले देहायको नम्वरमा सम्पर्क गर्न सक्नुहुनेछ।

९८५१२३२३२८ ९८५७८३१६८४