काठमाडौँ मोडल कलेजको २२औं दीक्षान्त समारोह सम्पन्न


काठमाडौँ मोडल कलेजले आफ्नो २२ औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ।
२०८२ साल मङ्सिर ०४ गते शुक्रबार होटल बेस्ट वेस्टर्न प्लस पिंगलास्थान गौशालामा आयोजित कार्यक्रममा काठमाडौँ मोडल कलेज तथा केएमसी एजुकेसनल नेटवर्कका अध्यक्ष श्री रामेश्वर अर्यालको अध्यक्षतामा कलेजको २२ औँ दीक्षान्त समारोह सम्पन्न भएको हो ।

काठमाडौँ मोडल कलेजमा अध्ययन गरी स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका दीक्षित हुने करिब १५० जना विद्यार्थीहरूको उपस्थित रहेको समारोहमा कलेज प्रमुख श्री सुरेन्द्र सुवेदीले दीक्षित हुने विद्यार्थीहरु माझ स्वागत मन्तब्य राख्नु भएको थियो। सुवेदीले स्वागत मन्तव्यमा दीक्षित हुने विद्यार्थीहरू कलेजका ब्रान्ड एम्बेसेडर भएको जानकारी गराउँदै आफ्ना विद्यार्थीहरूको प्रगतिमा कलेजले सधैँ गर्व गरिरहने धारणा राख्नु भएको थियो।

दिक्षान्त समारोहमा स्वागत मन्तब्य राख्नु हुदै क्याम्पस प्रमुख, श्री सुरेन्द्र सुवेदी सर

बिभिन्न बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा आइडिया स्टुडियो नेपाल (ISN) का सह-संस्थापक डा. छिरिङ लामा मुख्य वक्ताको रुपमारहनु भएको थियो । उहाले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई आफूले अध्ययन गरेको ज्ञान र र प्राप्त गरेको सीपलाई आफ्नो राष्ट्र र राष्ट्रियतासँग जोड्दै समुन्नत भविष्यका लागि सुसंस्कृत हुँदै अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो। यस्तै विद्यार्थीहरूले आर्जित ज्ञान र सीप उपयुक्त रुपमा प्रयोग गर्न जानेमा देशमा नै अथाह अवसर रहेको कुरा अवगत गराउँदै विद्यार्थीहरूको समुन्नत भविष्यका लागि शुभकामना प्रदान गरिएको थियो।
उक्त दीक्षान्त समारोहमा कलेजमा अध्ययन गर्दै गर्दा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर विभिन्न योगदान दिएका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो। यस्तैगरी कलेजले केएमसी एकेडेमिक एक्सेलेन्ज अवार्ड अन्तर्गत बिबिए तर्फ श्री इस्तर घिमिरे,, बिबिएम तर्फ श्री अनिशा तामांग, बिसिए तर्फ श्रद्धा डंगोल, बिए तर्फ श्री प्रजिता प्रधान , बिबिएस तर्फ शेली घले , तथा एमए तर्फ श्री रेजि मानन्धर लाई प्रमाणपत्र तथा प्रति विद्यार्थी रु २५,०००/- का दरले नगदबाट सम्मान गरिएको थियो।बेस्ट अन्डरग्राजुएट रिसर्च अवार्डबाट बिबिएस तर्फबाट श्री रेबिका डंगोल, बिबिएम तर्फबाट समिर भूषाल तथा बिबिए तर्फबाट आकृति तामांगलाई प्रमाणपत्र, अवार्ड तथा रु २५,०००/- दरले नगदबाट सम्मान गरिएको थियो।यस्तैगरी स्नातकोत्तर तहतर्फ बेस्ट अन्डरग्रजुएट रिसर्च अवार्डबाट एमएका श्री बिमलेन्द्र राइलाई प्रमाणपत्र, अवार्ड तथा रु २५०००/- नगदबाट सम्मान गरिएको थियो।
केएमसी एक्सेलेन्ज अवार्ड भने बिबिएका निशान पौडेलले हात पार्न सफल भएका थिए । उनलाई प्रमाणपत्र, अवार्ड तथा रु ३०,०००/- नगदबाट सम्मान गरिएको थियो। केएमसी एक्सेलेन्ज अवार्ड शैक्षिक नतिजा, कलेजमा स्टुडेन्ट क्वालिटी सर्कल तथा विभिन्न क्लबहरूमा रहेर गरेको योगदान, अध्यापकहरुको मुल्यांकन लगायत बिभिन्न आधारमा गरिएको मुल्यांकनका आधारमा निशान पौडेल उत्कृस्ट हुन पुगेका थिए ।

काठमाडौँ मोडल कलेजका आइक्युएसी प्रमुख श्री ध्रुवप्रसाद तिमल्सिना कार्यक्रमको संचालन गर्नु हुदै

विसं २०६० सालमा स्थापित काठमाडौँ मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिएस, एमए अंग्रेजी, बिबिए, बिबिएम, बिबिएस, बिसिए तथा बीए अन्तर्गत अंग्रेजी, सामाजिक कार्य, मनोविज्ञान लगायतका विषयहरू सञ्चालन हुँदै आएका छन्। विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन प्राप्त यस कलेज देशभरका निजी कलेजतर्फ नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा समेत सम्मानित भएको संस्था हो। काठमाडौँ मोडल कलेजका आइक्युएसी प्रमुख श्री ध्रुवप्रसाद तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा कलेजका निर्देशकहरू सहप्राध्यापक श्री अजयप्रसाद ढकाल, सहप्राध्यापक श्री किशोर गौतम, डा. ध्रुव भट्टराई, एमआइटी कलेजका प्रमुख कार्यकारी अधिकृत श्री आर के दाहाल, विभागीय प्रमुखहरू श्री सागर खरेल, श्री नबिन कुमार पाण्डे, श्री विनोद पौडेल एवं एलिसराज राजोपाध्याय सहित कलेजमा अध्यापन गर्दै गर्नुभएका सम्पूर्ण अध्यापकहरू तथा अभिभावकहरु को समेत उल्लेख्य सहभागिता रहेको थियो।