माघ २६
घोराही, दाङ्ग
लायन्स क्लबस् इन्टरनेस्नल, डिष्टिक ३२५ नेपालले समाजिक सेवा, बिज्ञान, शिक्षा, अनुसन्धान, नवप्रर्वद्धन र उत्कृष्ट नेतृत्व क्षमता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टताप्रतिको आजीवन समर्पण र नेपालको सञ्चार तथा सूचना प्रविधि (ICT) क्षेत्रको विकास र विस्तारमा खेलेको अहम भूमिकाको उच्च मूल्यांकन गर्दै बैज्ञानिक डा. शैलेन्द्र गिरीलाई सम्मान गरेको छ ।
लायन्स क्लबस् इन्टरनेस्नल, डिष्टिक ३२५ नेपालको तेस्रो क्याविनेट मिटिङको अबसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ति मगर र कार्यक्रमका सभाध्यक्ष गर्भनर लायन ज्ञानेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा दोसल्ला ओढाएर उक्त सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
लायन्स क्लबस् अफ राप्ती ईन्जियिरिङका अध्यक्ष समेत रहेका डा. गिरी एसियाका उत्कृष्ट १०० बैज्ञानिक (२०२५)को सुचिमा पर्न सफल भई नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित गर्न सफल भएका व्यक्तित्व हुन् ।
वर्ल्ड रिसर्च काउन्सिलका पूर्व कार्यकारी सदस्य, नेपाल सरकार, समान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशिक्षण प्रतिष्ठानको पूर्वकार्यकारी निर्देशक र एआई विज्ञका रूपमा तथा विभिन्न राष्ट्रिय संस्थाहरूमा निर्वाह गर्नुभएको भूमिकामार्फत उहाँले नेपाल तथा एशियामा शिक्षा, क्ष्ऋत् र सार्वजनिक प्रशासनको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रदान गरिएको राष्ट्रिय क्षेत्रमा उत्कृष्टता पुरस्कार (National ICT Excellence Award 2024) यूएई, जापान र बेलायतबाट प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारहरूले पनि उहाँको योगदानलाई पुष्टि गर्छन् ।
सम्मान ग्रहणपछि बैज्ञानिक डा. शैलेन्द्र गिरीले लायन्स क्लबस् इन्टरनेस्नल, डिष्टिक ३२५ नेपालप्रति आभार व्यक्त गर्दै भने, “यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको शिक्षा, अनुसन्धान, ICT र समाजसेवाको क्षेत्रलाई अघि बढाउने सामूहिक प्रयासको सम्मान हो ।
आगामी दिनमा पनि समाजसेवा, बिज्ञान, नवप्रवर्तन र प्रविधिमार्फत देशको समृद्धिमा योगदान गर्न अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।” उहाँले युवापुस्तालाई समाजसेवा, अनुसन्धान र प्रविधिमा आकर्षित गर्न राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।






