चैत्र ४ ,डिल्लीबजार ,काठमाडौँ
पुर्वाञ्चल विश्वविधालयको सम्वन्धनमा रहेको सगरमाथा कलेजको क्याम्पस प्रमुखको रुपमा योग राज गौतम नियुक्त हुनु भएको छ।
प्राज्ञिक , प्रशासनिक र व्यवस्थापन पक्षमा अब्बल रहनु भएका गौतम संग दशकौ लामो शैक्षिक क्षेत्रको कार्य अनुभव रहेको छ।
सगरमाथा कलेज आउनु भन्दा अघि उहाँले टाईम्स , नोबेल , गोल्डेन गेट ,एसपीए कलेज , धनगढ़ी आदिको कुशल नेतृत्व सम्हालिसक्नु भएको छ।
गौतम विद्यार्थीवर्ग माझ प्रेरणादायी बक्ताको रुपमा पनि परिचित हुनु हुन्छ।






