चैत्र ११ , सानोठिमी,भक्तपुर
कान्तिपुर सिटी कलेजले विश्वविद्यालय अनुदान आयोग (UGC), नेपालद्वारा प्रदान गरिने गुणस्तर प्रत्यायन (Quality Assurance and Accreditation) प्रमाणपत्र QAA प्राप्त गरेको छ।
पुर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन, इञ्जिनियरिङ, आईटी तथा मानविकी संकायका विषयहरू अध्यापन गराउँदै आएको काठमाडौँ, पुतलीसडकमा अवस्थित कान्तिपुर सिटि कलेजले UGC ले निर्धारण गरेका सम्पूर्ण मापदण्डहरू पूरा गरि गुणस्तर प्रत्यायन प्रमाणपत्र (QAA) प्राप्त गर्न सफल भएको हो।

कलेजले यस महत्वपूर्ण उपलब्धि हासिल गर्न स्थापना काल देखि योगदान गर्नुहुने आफ्ना सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।
संस्थाको यो उपलब्धिले शैक्षिक गुणस्तर, विश्वसनीयता र शैक्षिक उत्कृष्टतामा थप टेवा पुर्याउने विश्वास गरिएको क्याम्पस प्रमुख राजु कट्टेल तथा प्रशासन प्रमुख राजिव तिमल्सिना ले संयुक्त रुपमा पढ़नेकुरा संचार नेटवर्कलाई बताउनु भएको छ।
उक्त प्रमाणपत्र फागुन १४, २०८२ मा प्रदान गरिएको हो।
प्रमाणपत्र वितरण समारोहमा क्याम्पसका तर्फबाट कलेज प्रिसिडेण्ट डा. प्रल्हाद कार्की , अपरेसन डिरेक्टर मिना कार्की लगायत विभिन्न संकायका विभागीय प्रमुख ज्यु हरुको उपस्थिति रहेको थियो।






