रेन्बो इन्टरनेशनल स्कूलद्वारा BEE २०८२ परीक्षार्थीलाई शुभकामना

चैत्र ७ ,काठमाडौँ

काठमाडौँ महानगरपालिका–ठुलो भर्याङ्गमा अवस्थित रेन्वो इन्टरनेशनल स्कुलले कक्षा ८ का विद्यार्थीहरूलाई आधारभूत शिक्षा परीक्षा (BEE) का लागि शुभकामना व्यक्त गरेको छ।

विद्यालयले एक शुभकामना सन्देश जारी गर्दै आगामी चैत्र ७ गतेदेखि सञ्चालन हुन लागेको परीक्षामा सहभागी हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको हो। विद्यालयले आफ्ना विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याई विद्यालय, अभिभावक तथा समग्र समाजलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरेको छ।

संस्कारसहितको गुणस्तरीय शिक्षामा अग्रणी मानिएको यस विद्यालयमा कक्षा ११ र १२ का साथै स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू समेत सञ्चालनमा रहेका छन्।

Grade 8 BEE Routine 2082