बिजुवार, प्युठान
प्युठान जिल्लामा डिप्लोमा तहमा मेडिकल शिक्षा प्रदान गर्ने एक मात्र शैक्षिक संस्था फ़ोर्टिनाईन मल्टि टेक्निकल इन्स्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। यहाँ एसईइ पछि पढाई हुने डिप्लोमा तहको हेल्थ असिस्टेन्ट (HA), CMLT कोर्ष पढाई हुने गर्दछ।
प्युठान नगरपालिका -०४,बिजुवार जुम्रीमा अवस्थित यस कलेज वि.सं. २०५४ सालमा स्थापना भएको हो। कलेजबाट हालसम्म करिब १००० विद्यार्थी उत्तीर्ण भई विभिन्न पेशामा संलग्न भइसकेका छन्।
कलेजले सैद्धान्तिक र प्रयोगात्मक शिक्षालाई सँगै अगाडि बढाउँदै आएको क्याम्पस प्रशासनले जानकारी गराएको छ। प्रशासनका अनुसार हरेक दिन नविन कुराको खोजि,विभिन्न निकायसँगको समन्वय, शिक्षक–विद्यार्थीबीचको सुदृढ सम्बन्ध तथा समुदायसँगको घनिष्ठ सहकार्य कलेजका प्रमुख विशेषता हुन्।
आफ्नै जिल्लामा सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुँदा बाहिर जानु नपर्ने क्याम्पस प्रमुख जगत जिसीले एक संवादका क्रममा बताउनु भएको छ।

हाल यस कलेजमा HA, Lab Technician सम्बन्धि ३ बर्षे कोर्ष पढाई हुने गर्दछन्।






