वैशाख १ गते देखि प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले ‘प्रवेश परीक्षा तयारी’ कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार यस्ता कक्षाले विद्यार्थीमा मनोवैज्ञानिक दबाब बढाउनुका साथै आर्थिक बोझ थप्ने भएकाले आगामी २०८३ वैशाख १ गतेदेखि पूर्ण रूपमा रोक लगाइनेछ।