विजुवार ,प्युठान
प्युठान नगरपालिका–४ मा अवस्थित इभर ग्रिन बोर्डिङ्ग स्कुलले पछिल्लो समय आफ्नो शैक्षिक गुणस्तरलाई थप विस्तार गर्दै लगेको पाईएको छ।
विद्यालयले कक्षा कोठाको नियमित पढाईको साथसाथै सिर्जनशील अभ्यास मार्फत विद्यार्थीहरूको सिकाईलाई प्रोत्साहन दिदै आएको छ। विधालयका शिक्षक–शिक्षिकाहरूका लागि समय–समयमा सञ्चालन गरिने बाल मनोविज्ञान तथा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण र तालिमहरूले विद्यार्थीको मनोविज्ञान बुझ्न आफुहरुलाई सहज गराउदै लगेको विद्यालयका भाइस प्रिन्सिपल संजय सुबेदी बताउनु हुन्छ।
त्यसैगरी, प्रिन्सिपल संजय सिङ्ग गुरुङ ले आफ्नै सिर्जनशील प्रयासमार्फत विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालय प्रतिबद्ध रहेको बताउनु भएको छ । जसका लागि शिक्षक शिक्षिकाहरु पनि समसामयिक विषयबस्तुमा अपडेटेड भै रहनु पर्ने उहाँको तर्क छ।

प्युठान नगरपालिका वार्ड न ४ मा अवस्थित ईभर ग्रिनले विधालयको शैक्षिक गुणस्तर बढाउनको निमित्त हरेक दिन मेहेनत गर्दै आएको स्कुलको सामाजिक संजाल पेजहरु मार्फत पनि देख्न सकिन्छ।







