PEEDA को प्राविधिक सहयोगमा माण्डवी र सरुमारानी गाउँपालिकामा ५०% अनुदानमा बिधुतिय चुलो वितरण हुदै !

Bread for the World को आर्थिक सहयोग र जनताको लागि ऊर्जा तथा वातावरण विकास संस्था (PEEDA) को प्राविधिक सहयोगमा प्युठानका पालिकाहरुमा ५०% अनुदानमा इण्डक्सन चुलो (बिधुतिय चुलो ) वितरण हुदै आईरहेको छ।
PEEDAले यस कार्यक्रमलाई अहिले प्युठानको माण्डवी र सरुमारानी गाउँपालिकामा विस्तार गर्दै लगेको छ।
सोहि अनुरुप सम्बन्धित पालिकाहरुले स्थानियहरुलाई विधुतिय चुलो जडानका लागि आवेदन पेश गर्न सुचना जारी गरेका छन्।

सरुमारानी गाउँपालिकाको सुचना !

सुचनामा उल्लेखित सर्तमा रहि स्थानियहरुले चुलो तथा किचन सामाग्रीहरुको सेवा सुबिधा लिन सक्नु हुनेछ।

तपसिल:

  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • चुलो आवश्यकता सम्बन्धी आवेदन (आवेदनको ढाँचा वडा कार्यालयमा उपलब्ध हुनेछ)।
  • बिजुलीको मिटर रिडिङ गरेको बिल वा कार्डको प्रतिलिपि।
  • बिजुली मिटर राखेको घरधनीको लालपुर्जाको प्रतिलिपि।
  • आवेदन दिनको लागि सम्बन्धित पालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ।
  • नोट:
  • विधुतिय चुलो को साथमा ३ लिटरको प्रेसर कुकर, ४ लिटरको कराई र १.५ लिटरको ताप्के समेत वितरण गरिनेछ।
  • बिजुलीको मिटर ५ एम्पियर को भएमा ग्राहकले जम्मा गर्नुपर्ने रकम रु ४९००/- र बिजुलीको मिटर १६ एम्पियर को भएमा ग्राहकले जम्मा गर्नुपर्ने रकम रु ४,०००/- रहेको छ।
  • विधुतिय चुलो जडान गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यहरू परियोजनाबाट सम्पन्न गरिनेछ।
  • थप जानकारीको लागि सम्बन्धित गाउँपालिकामा सम्पर्क गर्नुहोस् !!

((५०% अनुदानमा इण्डक्सन चुलो वितरण कार्यक्रम यस भन्दा अघि प्युठानको स्वर्गद्वारी नगरपालिकामा पनि सुसम्पन्न भैसकेको फिल्ड संयोजक मोहन सुबेदीले पढ़नेकुरा संचार लाई जानकारी गराउनु भएको छ। ))