काठमाडौँ मोडेल कलेजमा “World Social Work Day २०८२” नीति संवादसहित मनाईयो

चैत्र ३, बागबजार, काठमाडौँ

विश्व सामाजिक कार्य दिवस २०८२” को अवसरमा काठमाडौँ मोडेल कलेजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग (CPDS) को सह-आयोजनामा “सामाजिक सद्भाव, एकताबद्ध तथा समावेशी समाज प्रवर्द्धनका लागि नीति संवाद” कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा सामाजिक कार्य (BSW) तथा मनोविज्ञान कार्यक्रमका विद्यार्थीहरूले महिनाभरि समुदाय केन्द्रित विविध गतिविधि सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व र समावेशी विकासप्रति आफ्नो सक्रियता प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कलेज प्रमुख सुरेन्द्र सुवेदीले परिवर्तनशील समाजमा विद्यार्थीहरू परिवर्तनका प्रमुख वाहक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई यथार्थपरक अवस्था बुझ्न र सामाजिक समस्याको समाधान खोज्न सक्षम बनाउने धारणा व्यक्त गर्नु भयो ।

कलेजको आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुव प्रसाद तिमल्सेना ले यस्ता कार्यक्रमहरू औपचारिकतामा सीमित नभई सरोकारवालालाई सचेत गराउने र नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने माध्यम भएको बताउनु भएको छ । उहाँले समावेशिता, सामाजिक सद्भाव, समानता र न्यायजस्ता संवैधानिक मूल्यहरूको प्रवर्द्धनमा यस्ता पहलको महत्त्व उल्लेख गर्नु भयो ।

कार्यक्रमको सुरुवातमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग प्रमुख पिताम्बर भण्डारीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नु भएको थियो।
अन्य विशिष्ट वक्ताहरूमा डा. मीना पौडेल, सुश्री ऋतु भट्ट राई, श्री अशोल सिवाकोटी, जेन–जे प्रतिनिधि प्रतीश श्रेष्ठ, श्री अविनाश झा, सुश्री प्रियंका कपर, श्री चुप बहादुर थापा र सुश्री मनोरमा सुनुवार रहेका थिए।

कार्यक्रममा बिए तथा बिबिएसका कार्यक्रम प्रमुख एलिसराज राजोपाध्य र सामाजिक कार्य विभाग प्रमुख अमित राज श्रेष्ठले पनि आफ्नो धारणा राख्नु भएको थियो।
कार्यक्रममा युडब्लुएस नेपाल, चाइल्ड नेपाल, हामी दाजुभाइ, स्वतन्त्रता अभियान नेपाल तथा यूवालयको सहकार्य रहेको थियो।

World Social Work Day मार्च 17 मा मनाईने गर्दछ।