काठमाडौँ महानगरपालिकाद्वारा कक्षा ११–१२ छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

छात्रवृत्ति परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरिने महानगरपालिकाले जनाएको छ।

विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट Kathmandu Metropolitan City वा Entrance Portal मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

महत्वपूर्ण तालिका

  • अनलाइन आवेदन सुरु हुने मिति: २०८३ जेठ १ गते बिहान १०:०० बजे
  • आवेदन दिने अन्तिम मिति: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म
  • छात्रवृत्ति परीक्षा मिति: २०८३ जेठ १७ गते बिहान ०८:०० देखि १०:०० बजेसम्म

परीक्षाको स्वरूप

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछ।

महानगरपालिकाका अनुसार विषयगत अङ्कभार, विद्यालयअनुसार छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी KMC Official Website मा उपलब्ध छ।