कान्तिपुर सिटि कलेजले गर्यो आफ्ना पुर्व विद्यार्थी तथा शिक्षकहरुको सम्मान


बैशाख ६ ,काठमाडौँ
पुर्वाञ्चल विश्वविधालयको सम्वन्धनमा संचालित कान्तिपुर सिटि कलेजले आम संचार तथा पत्रकारिता बिषय अध्ययन गरेका आफ्ना पुर्व विद्यार्थी तथा शिक्षकहरुको सम्मान गरेको छ।

कलेज द्वारा सम्मानित हुने हरुमा हाल प्रतिनिधि सभाका संसद समेत रहनु भएका कलेजका पुर्व विद्यार्थीहरु प्रकाश चन्द्र परियार , जगदीश खरेल , पुर्व शिक्षक निश्कल राई, प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञका रुपमा नियुक्त हुनु भएकी पुर्व विद्यार्थी दिपा दाहाल, राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त सुरेश प्रसाद आचार्य , प्रधानमन्त्रीको अफिसियल फोटो ग्राफर बिनय शाक्य रहनु भएको छ।

शनिवार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा क्याम्पसका सिनियर प्रोफेसर रामकृष्ण रेग्मी, क्याम्पसका अध्यक्ष डा. प्रल्हाद कार्की , क्याम्पस प्रमुख राजु कट्टेल ज्यु ले क्याम्पस बाट अध्ययन गरि हाल राज्यको जिम्म्मेवारी पदमा पुग्नु भएका सबै विशिष्ठ व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूले कलेजले प्रदान गरेको शिक्षा, मार्गदर्शन तथा आफ्नो शैक्षिक यात्राका अनुभवहरू साझा गर्दै कलेज परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

बधाई तथा शुभकामना” कार्यक्रम केसीसी पूर्व विद्यार्थी समाज द्वारा आयोजना गरिएको थियो।

कार्यक्रम समारोहका केहि तस्विरहरु

समान ग्रहण गर्दै राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त सुरेश प्रसाद आचार्य
आफ्नो धारणा राख्दै ईलाम क्षेत्र न १ बाट निर्वाचित संसद तथा कलेजका पुर्व शिक्षक निश्कल राई
समान ग्रहण गर्दै कलेजका आम संचार तथा पत्रकारिता विषयका पुर्व विद्यार्थी तथा दोलखा क्षेत्र न १ बाट निर्वाचित संसद जगदीश खरेल
आफ्नो धारणा राख्दै समानुपातिक संसद तथा कलेज पहिलो ब्याज ( आम संचार ) का पुर्व विद्यार्थी प्रकाश चन्द्र परियार