काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईइको नतिजा सार्वजनिक गरेको छ।
सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार बोर्डले २९ दिनमै सोमबार राति नतिजा प्रकाशित गरेको हो। चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको थियो।
एसईई २०८२ मा कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए।
यस वर्ष एसईइ परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो वर्ष ४.१७ प्रतिशतले एसईइ नतिजामा सुधार आएको छ ।







