अशोज ९ ,बाग्दुला प्युठान
जनता माध्यमिक बिद्यालय बाग्दुला, प्युठानले हरेक बर्ष झैँ यो बर्ष २०७९ मा पनि बिद्यार्थी,अभिभावक,कर्मचारी तथा शिक्षकहरुको मनोरंजनको लागी अन्तर बिद्यालय स्तरीय दशैँ बिशेष नृत्य प्रतियाेगिता संचालन गरेको छ।
असोज १० गते घटस्थापनाको दिन देखि कार्तिक १३ गते सम्म बिद्यालय छुट्टीको सुचना प्रकाशित गरे संगै आज आश्विन ९ गते दशैको पुर्व सन्ध्यामा बिद्यालयले प्रतियाेगिता संचालन गरेको हो ।
छात्र जनक डि सी काे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि नव नियुक्त बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रेखा बसेल हुनुहुन्थ्याे । निर्णायक मण्डलमा खिम बहादुर रावत, अर्जुन कुमार गिरी तथा शारदा विष्ट रहनुभयो।कार्यक्रममा २६ जना प्रतियाेगीले भाग लिएका थिए भने प्रथम, द्वितीय, तृतीय, तथा सान्त्वना क्रमश: सरस्वति जि एम, प्रिया विक, अन्जना सिमाना तथा सान्त्वनामा शिक्षा जि एम पुरस्कृत भएका हुन्।
पुरस्कृत हरुलाई ८०००, ५०००, ३००० र १००० पुरस्कार प्रदान गरिएकाे थियाे ।
प्रतियोगिताका बिजयी हरूलाई प्रमुख अतिथि,प्र अ इन्द्रमणि पाेख्रेल र स प्र अ केशवराज पण्डितबाट टिका तथा पुरुस्कार प्रदान गरिएकाे थियाे । कार्यक्रमको उचित व्यवस्थापन नेपाली बिषय शिक्षक माधव पोख्रेलले गर्नु भएको थियो।कार्यक्रमको संचालन शिक्षक हरि घिमिरे र छात्र बिमल रिजाल ले गर्नु भएको थियो। प्रबिधिमा सहयोग शिक्षक बलराम भट्टराईको रहेको थियो।
कार्यक्रममा बिद्यार्थी माझ बोल्नु हुदै प्रधानाध्यापक पोख्रेलले विद्यार्थीले आफ्नो रहर र इच्छालाई खुम्चाउन नहुने र पढाईको अलावा अतिरिक्त क्रियाकलापमा पनि आफुलाई अव्वल बनाउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो। साथै उहाले बिद्यालय विद्यार्थीको चौतर्फी बिकासको लागी सदैव तत्पर रहेको धारणा पनि राख्नु भएको थियो।
कक्षा ११ र १२ मा ब्यवस्थापन , मानविकी र शिक्षा संकाय समेत पढाई हुने जनता माध्यमिक बिद्यालय प्युठान नगरपालिका ८ बाग्दुलामा २०१४ सालमा स्थापित बिद्यालय हो। प्युठान जिल्लामा हुने हरेक नृत्य प्रतियाेगिता ,खेलकुद कार्यक्रम , हाजिरी जवाफ , निवन्ध ,वक्तित्वकला प्रतियोगितामा बिद्यालयले आफ्नो गौरवमय उपस्थिति जनाई पुरस्कृत पनि हुदै आईरहेको छ।