एल.आर.आई स्कुलमा कक्षा ११ मा बिज्ञान, व्यवस्थापन तथा कानुन बिषयमा भर्ना सुरु

काठमाडौंको कलंकी स्थित Learning Realm International (LRI) School ले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुलाएको छ।

विद्यालय आफ्नै सुविधा सम्पन्न अत्याधुनिक भवनमा सञ्चालन भइरहेको छ, जहाँ विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन स्मार्ट डिजिटल क्लासरुम, अत्याधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय तथा खेलकुदका लागि उत्कृष्ट फुटसल सुविधाको व्यवस्था गरिएको छ।

विशेषगरी कानुन संकायका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँग जोड्न संसद भवन अवलोकन तथा कानुनी क्षेत्रसँग सम्बन्धित शैक्षिक गतिविधिहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। त्यस्तै, विज्ञान संकायका विद्यार्थीहरूका लागि प्रयोगात्मक शिक्षामा आधारित आधुनिक ल्याब तथा अनुभवी शिक्षकद्वारा अध्यापन गरिने व्यवस्था रहेको छ।

विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनात्मक प्रतिभालाई समेत प्राथमिकता दिँदै आएको बताएको छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न विद्यालय प्रशासनले अनुरोध गरेको छ।