बन्दिपुर केवल कार भोलि देखि सन्चालनमा आउने

बन्दिपुर, तनहुँ

बन्दिपुर हिल अन्तर्गत सन्चालनमा आउन लागेको बन्दिपुर केवल कारको जेष्ठ ३१ गते समुद्घाटन हुने भएको छ।

बन्दिपुर केवलकार एवं टुरिजम लिमिटेडले केवलकारको ब्यवसायिक सुरुवात भोलि गर्ने भन्दै सर्वसाधारणको लागि निमन्त्रणा पठाएको छ।

केवलकार उद्घाटन कार्यक्रम तनहुँ डुम्रे मा अपरान्ह १:०५ देखि बेलुकी ७ बजे सम्म चल्नेछ।