काठमाडौं — कर्पोरेट नेपालद्वारा आयोजित “नेपालमा उद्योग र समग्र अर्थतन्त्रको विकास” विषयक कार्यक्रममा प्युठानका दुई प्रतिष्ठित व्यक्तित्व एउटै प्यानलमा सहभागी हुनुभएको छ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट प्युठानका उम्मेदवार रहनुभएका अर्थविद् प्रा. डा. गोविन्दराज पोखरेल र प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित माननीय शुसांत वैदिकको उपस्थिति रहेको थियो। उहाँहरूले उद्योग प्रवर्द्धन तथा समग्र अर्थतन्त्र सुदृढीकरणका विषयमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।
प्यानलमा धारणा राख्दै माननीय शुसांत वैदिकले देश निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्रा. डा. गोविन्दराज पोखरेलज्यूका साथै अन्य विज्ञहरूको सुझाव र मार्गदर्शन महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।

–प्यानलमा धारणा राख्दै प्युठान जिल्लाका माननीय शुसांत वैदिक
कार्यक्रमले उद्योग विकास, लगानी प्रवर्द्धन तथा आर्थिक नीतिका विविध आयाममा गहन छलफल गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।






