चैत्र २०, विजुवार, प्युठान — नेपाली म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहँदै आएका प्युठानका मोडल सचिन खड्काको अभिनय रहेको नयाँ गीत “तिमी भन्नु नै जिन्दगी हो” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गायक सुमन के.सी. र गायिका अनु चौधरीको स्वरमा सजिएको यस गीतको भिडियोमा सचिन खड्कासँगै मोडल अनिता थापा देखिएकी छिन्।
सचिन खड्काले यसअघि पनि “मन्जुर छन् हजार सर्त मायामा”, “तिमी आवाज हौ मेरो बोलीको” र “यो मुटुको एउटै चाह” लगायतका सफल गीतहरूमा अभिनय गरिसकेका छन्, जसले उनलाई नेपाली म्युजिक भिडियो क्षेत्रमा पहिचान दिलाएको छ।
“तिमी भन्नु नै जिन्दगी हो” म्युजिक भिडियो गायक सुमन के.सी.को आधिकारिक युट्युब च्यानल “Suman KC” मार्फत हालै सार्वजनिक गरिएको हो।






