फाल्गुन २८,कमल पोखरी ,काठमाडौँ
किस्ट कलेजका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन बिषय अध्ययनरत विध्यार्थीहरु कलेजको अन्तिम दिन एक आपसमा खुलेर रमाएको पाईएको छ। नियमित पढाई सकी अव बार्षिक परीक्षाको तयारीमा लाग्दै गरेका विद्यार्थीहरुले २ बर्ष कलेजमा छदाँ बिताएका रमाईला दिनहरु र गासिएका सम्बन्धहरुमा रमाएका हुन्।



बिद्यार्थीहरुले एक अर्काको पोशाकमा लेखेर ,मनोरंजन गरि कलेजको अन्तिम दिन मनाएका छन्। यो दृश्य देख्दा जो कोहिलाई पनि आफ्नो स्कुलका दिनहरु ताजा हुने देखिन्थ्यो।






